एमाले सचिवालय बैठक बस्दै, ११ औँ महाधिवेशनबारे छलफल गर्ने

हिमाल प्रेस ४ मंसिर २०८२ ७:२५
2
SHARE
एमाले सचिवालय बैठक बस्दै, ११ औँ महाधिवेशनबारे छलफल गर्ने फाइल तस्बिर

काठमाडौँ- नेकपा एमालेको सचिवालय बैठक आज बस्दैछ। बैठक दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्नेछ ।

बैठकमा पार्टीको ११औँ महाधिवेशनको तयारीका विषयमा छलफल हुने केन्द्रीय प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए ।

एमालेको महाधिवेशन यही मङ्सिर २७ देखि २९ गतेसम्म काठमाडौँमा हुँदैछ । महाधिवेशनका लागि एमालेले मंसिर १३ गते एकै दिन देशभरबाट प्रतिनिधि छनोट गर्नेछ ।

सचिवालय बैठकमा शनिबार काठमाडौंमा गर्ने भनिएको वृहत प्रदर्शन र सभाका विषयमा पनि छलफल हुने गौतमले जानकारी दिए ।

प्रकाशित: ४ मंसिर २०८२ ७:२५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast