जाजरकोट- जाजरकोटमा ट्याक्टर दुर्घटना हुँदा सहचालक युवकको मृत्यु भएको छ। नलगाड नगरपालिका–१ चिउरीमा ट्र्याक्टर दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ।
चिउरीबाट चिसापानीतर्फ गइरहेको भे २ त ५५९ नम्बरको ट्र्याक्टर दुर्घटना हुँदा नलगाड नगरपालिका–१ चिउरीका २९ वर्षीय करण विकको मृत्यु भएको हो।
दुर्घटनमा गम्भीर घाइते भएका उनको नलगाड नगर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो। रासस
प्रकाशित: ४ मंसिर २०८२ ६:५९
प्रतिक्रिया


