कति छ आज काठमाडौँको तापक्रम?

हिमाल प्रेस ४ मंसिर २०८२ ६:५१
4
SHARES
कति छ आज काठमाडौँको तापक्रम?

काठमाडौँ- काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम हिजोको तुलनामा आज  थोरै बढेको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार आज बिहान ५:४५ बजेको मापनमा काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम १० डिग्री सेल्सियस देखिएको हो। हिजो बुधबार यही समयमा उपत्यकाको न्यूनतम तापक्रम ९.४ डिग्री सेल्सियस थियो भने पछि बिहान ८:४५ बजे घटेर ९ डिग्री सेल्सियस कायम भएको थियो।

आजको आधिकारिक न्यूनतम तापक्रम पनि अहिले बिहान ८:४५ बजे अपडेट गरिनेछ। त्यतिबेला न्यूनतम तापक्रम थप घट्ने सम्भावना हुन्छ। मौसमविद्का अनुसार राति आकाशमा बादल लाग्यो भने बिहान न्यूनतम तापक्रम थोरै बढ्छ भने रातभर आकाश सफा रह्यो भने बिहान न्यूनतम तापक्रम घट्छ।

प्रकाशित: ४ मंसिर २०८२ ६:५१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

13 + 20 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast