नेप्से परिसूचक सामान्य अंकले घट्यो

हिमाल प्रेस ३ मंसिर २०८२ १६:३७ | Wednesday, November 19, 2025
8
SHARES
नेप्से परिसूचक सामान्य अंकले घट्यो

काठमाडौँ– नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अंकको गिरावट देखिएको छ। आज नेप्से परिसूचक चार दशमलव ९८ प्रतिशतले घटेर दुई हजार ५६१ दशमलव शून्य आठको बिन्दुमा कायम भएको हो।

आज ३३८ कम्पनीको ८३ लाख ८८ हजार ३७३ कित्ता शेयर ५० हजार ६२६ पटक खरिदबिक्री हुँदा तीन अर्ब ७७ करोड ८६ लाख ३२ हजार ७७१ मूल्य बराबरको कारोबार भएको छ। कारोबारमा होटल तथा पर्यटन, उत्पादन तथा प्रसोधन, सामूहिक लगानी र व्यापार समूहबाहेक सबै समूहको उपसूचक घटेका छन्।

आजको कारोबारमा माबिलुङ्ग इनर्जी लिमिटेड, दरमखोला हाइड्रोइनर्जी लिमिटेड, सागर डिस्टिलरी लिमिटेड, हिमस्टार उर्जा कम्पनी लिमिटेड, बुँगल हाइड्रो लिमिटेड, सान्भी इनर्जी लिमिटेड, झापा इनर्जी लिमिटेड र बन्दीपुर केबलकार एण्ड टुरिजम लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ।

सबैभन्दा बढी गुमाउनेमा कर्पोरेट डेभलपमेन्ट बैंकको शेयर रहेको छ। कारोबार रकमको आधारमा आज वरुण हाइड्रोपावरको सबैभन्दा बढी २७ करोड ४० लाख ४४ हजार ४२१ मूल्य बराबरको करोबार भएको छ।

प्रकाशित: ३ मंसिर २०८२ १६:३७ | Wednesday, November 19, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

7 + two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast