रास्वपा बैठक सुरु, यी हुन् एजेन्डा

हिमाल प्रेस ३ मंसिर २०८२ १५:३७
6
SHARES
रास्वपा बैठक सुरु, यी हुन् एजेन्डा

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति बैठक सुरु भएको छ। पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा जारी बैठकमा समसामयिक राजनीति, संवाद एवं सहकार्यका पहलबारे छलफल भइरहेको छ।

यस्तो छ कार्यसूची

१. समसामयिक राजनीति, संवाद एवं सहकार्यका पहल। (सभापति रवि लामिछानेको मुद्दाको कानुनी अवस्थाको जानकारी समेत)।

२. केन्द्रीय समितिको विस्तारित बैठकको समीक्षा।

३. विस्तारित बैठकमा प्रस्तुत प्रतिवेदन परिमार्जन सहित पारीत।

४. वाचापत्र कार्यदल विस्तार।

५. संविधान परिमार्जन कार्यदल संयोजक सम्बन्धमा। (संयोजक मनोनयन गरी तत्काल काम सुरु गर्न निर्देशन दिने।)

६. मिडिया अध्ययन कार्यदल। अहिलेदेखि निर्वाचनसम्म दैनिक मिडिया अध्ययन एवं विश्लेषण गर्ने, केन्द्रीय तहमा नियमित ब्रिफिङ गर्ने, आवश्यकता अनुसार घटना ब्रिफिङ गर्ने एवं केन्द्रीय समितिको बैठकमा ब्रिफिङ गर्ने)

७. राजनीति अध्ययन कार्यदल। राजनीतिक दल, समूह, शक्तिहरूको गतिविधि नियमित अध्ययन एवं विश्लेषण गर्ने, केन्द्रीय तहमा ब्रिफिङ गर्ने, आवश्यकता अनुसार घटनाको ब्रिफिङ गर्ने एवं केन्द्रीय समितिको बैठकमा ब्रिफिङ गर्ने)

८. उम्मेदवार छनौट सिफारिस समिति विस्तार।

९. रूपन्देही-३ को उम्मेदवार सम्बन्धमा।

१०. विविध

क. राजनीतिक दल-संगठन अध्ययन कार्यदल।

(केन्द्रीय संगठन विभागबाट ठूला एवं वैकल्पिक राजनीतिक दलहरूको संगठनको नियमित रणनीतिक अध्ययन गर्ने।)

ख. जेन-जी युवा लक्षित अभियान सम्बन्धमा।

प्रकाशित: ३ मंसिर २०८२ १५:३७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast