बारामा महेश बस्नेतको आगमनअघि तनाव, जेनजी र प्रहरीबीच झडप

हिमाल प्रेस ३ मंसिर २०८२ १२:३२ | Wednesday, November 19, 2025
34
SHARES
बारामा महेश बस्नेतको आगमनअघि तनाव, जेनजी र प्रहरीबीच झडप

बारा- नेकपा एमालेका नेता महेश बस्नेतको विरोधमा सिमरा विमानस्थलमा भेला भएका जेनजी समूहका युवा र सुरक्षाकर्मीबीच आज झडप भएको छ।

बस्नेत मधेश प्रदेशस्तरीय युवा जागरण अभियानमा सहभागी हुन बारामा आउने कार्यक्रम तय भएपछि जेनजी समूहले विरोध जनाउने घोषणा गरेको थियो।

उनको आगमनको समयमा सिमरा विमानस्थल घेराउ गर्ने प्रयास भएपछि प्रहरीले भीड नियन्त्रणका लागि बल प्रयोग गरेको प्रहरीले जनाएको छ। त्यही क्रममा प्रहरी र विरोधमा उभिएका युवाबीच धक्कामुक्कासहित झडप भएको हो।

विमानस्थल परिसरमा अहिले जनपथ तथा सशस्त्र प्रहरीको ठूलो संख्यामा फौज परिचालन गरिएको छ। नेता बस्नेतलाई उद्धार र सुरक्षा दिन पूर्वमन्त्री तथा एमाले नेता किसान श्रेष्ठ, ज्वालाकुमारी साह, अच्युत मैनालीलगायतका नेता विमानस्थलमै उपस्थित छन्। सुरक्षाकर्मीले उनीहरूलाई पनि सुरक्षा घेरा बनाएर राखेको छ।

प्रकाशित: ३ मंसिर २०८२ १२:३२ | Wednesday, November 19, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen + eleven =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast