ताप्लेजुङमा आगलागी हुँदा चार घर जले

हिमाल प्रेस ३ मंसिर २०८२ ९:५६
2
SHARE
ताप्लेजुङमा आगलागी हुँदा चार घर जले

ताप्लेजुङ- मिक्वाखोला गाउँपालिका–४ स्थित तेम्बा बजारमा गए राति आगलागी हुँदा चार घर जलेका छन् ।

गाउँपालिका उपाध्यक्ष डण्डु लामा शेर्पाका अनुसार इन्द्रकुमार साँवा, राजकुमार साँवा, अनिल साँवा र विष्णु साँवाका घर जलेका हुन् । चारवटै घरमा भण्डारण गरिएका खाद्यान्नलगायत अन्य सामग्री जलेका छन् ।

पीडितका एकसरो लत्ताकपडाबाहेक सबै खरानी भएका उनले बताए । जिल्ला प्रहरी कार्यालयले क्षतिको विवरण सङ्कलन थालेको छ ।

प्रकाशित: ३ मंसिर २०८२ ९:५६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast