धरौटी बुझाएर छुटे पूर्वसांसद साह र लोसपा नेता झा

हिमाल प्रेस २ मंसिर २०८२ २१:०५ | Tuesday, November 18, 2025
64
SHARES
धरौटी बुझाएर छुटे पूर्वसांसद साह र लोसपा नेता झा

जनकपुरधाम- मधेश प्रदेश मुख्यमन्त्री कार्यालयका कर्मचारीमाथि हातपात गरेको आरोपमा पक्राउ परेका पूर्व सांसद परमेश्वर साह र लोसपा नेता जिवेन्द्र झा धरौटीमा छुटेका छन्। उनीहरूलाई प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुइँटेलले एकरएक हजार धरौटी लिई तारिखमा रिहा गरेका हुन्।

मंगलबार जिल्ला प्रहरी कार्यालय धनुषाले पक्राउ गरी आवश्यक कारबाहीका लागि उनीहरूलाई जिल्ला प्रशासन कार्यालयमा बुझाएको थियो।

मुख्यमन्त्री सरोज यादवलाई गैरसंवैधानिक तरिकाले नियुक्ति गरिएको भन्दै कात्तिक २४ गते सात दलीय गठबन्धन आन्दोलनमा उत्रेका बेला मुख्यमन्त्री कार्यालयमा तोडफोड गर्ने क्रममा पूर्व सांसद साह र नेता झाले एक कर्मचारीमाथि हातपात गरेका थिए।

कर्मचारीमाथि हातपात गरिएको भन्दै इन्जिनियर दीपेन्द्र साहले दिएको अभद्र व्यवहारको उजुरीका आधारमा प्रहरीले साह र झालाई पक्राउ गरेको थियो। प्रमुख जिल्ला अधिकारीले उनीहरूलाई आगामी दिनमा यस्तो क्रियाकलाप नगर्ने सर्तमा तारेखमा रिहा गरेको बताइएको छ।

प्रकाशित: २ मंसिर २०८२ २१:०५ | Tuesday, November 18, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast