चलचित्र निर्माता संघको अध्यक्षमा उदय सुब्बा, हारे सुनिल थापा

हिमाल प्रेस २ मंसिर २०८२ ४:५९ | Tuesday, November 18, 2025
70
SHARES
चलचित्र निर्माता संघको अध्यक्षमा उदय सुब्बा, हारे सुनिल थापा

काठमाडौं– चलचित्र निर्माता संघको अध्यक्षमा उदय सुब्बा निर्वाचित भएका छन् । सोमबार सम्पन्न १९ औँ महाधिवेशनले सुब्बाको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको हो। अध्यक्षमा सुब्बाले प्रत्याशी सुनिलकुमार थापालाई पराजित गर्दै विजय भएका हुन्। सुब्बाले १५३ मत पाउँदा थापाले १२७ मत पाएका थिए ।

महाधिवेशनले महासचिवमा खगेन्द्र लामिछाने, सचिवमा युवराज गिरी निर्वाचित भएका छन् ।त्यस्तै उपाध्यक्षमा रौनकविक्रम कँडेल र ज्योतिराज राई सर्वसम्मत चुनिएका छन्। कोषाध्यक्षमा रामप्रसाद रिजाल निर्विरोध निर्वाचित भए ।

९ जनाको सदस्य पदका लागि ७ जनाले मात्र आवेदन दिएपछि सबैजना सर्वसम्मत भएका छन् ।

निर्विरोध चुनिने सदस्यहरूमा चुम्बनजंग शाही, टंकबहादुर बुढाथोकी, श्रीधर पौडेल, मनोजकुमार अधिकारी, प्रवीण कार्की, घनेन्द्र थपलिया र राजकुमार पण्डित छन् ।

प्रकाशित: २ मंसिर २०८२ ४:५९ | Tuesday, November 18, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

11 − seven =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast