नेपाल राष्ट्रिय प्राविमा ‘खेल्दै सिक्दै’ कार्यक्रम

हिमाल प्रेस १ मंसिर २०८२ १६:४२ | Monday, November 17, 2025
8
SHARES
नेपाल राष्ट्रिय प्राविमा ‘खेल्दै सिक्दै’ कार्यक्रम

रौतहट- नेपाल राष्ट्रिय प्राथमिक विद्यालय, खौराहा सलेमपुरमा सञ्चालन भइरहेका कारखाना समूहअन्तर्गत ‘खेल्दै सिक्दै’ कार्यक्रम अवलोकन गरिएको छ।

अवलोकन कार्यक्रममा चन्द्रपुर नगरपालिकाका उपमेयर जयमाला चौधरी, नगर शिक्षा शाखाका प्रमुख दिपेन्द्र मण्डल, कारखाना समूहकी प्रतिनिधि निशा श्रेष्ठ तथा स्थानीय प्रतिनिधि गोबिन्द चौधरीको विशेष उपस्थिति थियो।

आजको कक्षा मुख्य शिक्षक सुरेश चौधरीले सञ्चालन गरेका थिए। सहायक शिक्षक पार्वती साह, प्रमिला तिमल्सिना र मन्दिरा भण्डारीको समेत सक्रिय सहभागिता रहेको विद्यालयले जनाएको छ।

अवलोकन गरिएको कक्षा ट्याङ्ग्राम विषयमा आधारित थियो। विद्यार्थीहरूले विभिन्न ज्यामितीय आकारको पहिचान गर्दै ती आकार प्रयोग गरी नयाँ आकृति बनाउने, मिलाउने तथा बुझ्ने जस्ता विविध गतिविधिमा सहभागी भए। प्रयोगात्मक र गतिमूलक गतिविधिका कारण विद्यार्थीहरूले गणितका अवधारणाबारे फरकफरक व्यवहारिक अनुभव हासिल गरेको शिक्षकहरू बताउँछन्।

प्रकाशित: १ मंसिर २०८२ १६:४२ | Monday, November 17, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty − 8 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast