फिल्म ‘जारी २’ र ‘मन बिनाको धन’ ले अहिलेसम्म कति कमाए?

हिमाल प्रेस १ मंसिर २०८२ १३:३२
16
SHARES
फिल्म ‘जारी २’ र ‘मन बिनाको धन’ ले अहिलेसम्म कति कमाए?

काठमाडौँ- गत कात्तिक २१ मा एकसाथ प्रदर्शन भएको फिल्म ‘जारी २’ र ‘मन बिनाको धन’ लाई आम दर्शकले रुचाएका छन्। फिल्म हलमा दोस्रो सातामा प्रदर्शन भइरहेको छ। यसैबीच सोमबार (आज) चलचित्र विकास बोर्डले फिल्मको ९ दिनसम्मको बक्स अफिस कलेक्सन सार्वजनिक गरेको छ।

बोर्डको रिपोर्टअनुसार ‘जारी २’ ले कात्तिक २९ सम्म ४ करोड ९२ लाख २२ हजार ९ सय ७६ रूपैयाँ कलेक्सन गरेको छ।

फिल्म ‘मन बिनाको धन’ ले २ करोड ४३ लाख ३५ हजार ५ सय ८७ रूपैयाँ कमाएको विवरणमा उल्लेख छ।

 

प्रकाशित: १ मंसिर २०८२ १३:३२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast