कति छ डलरको भाउ?

हिमाल प्रेस १ मंसिर २०८२ ६:४५ | Monday, November 17, 2025
10
SHARES
कति छ डलरको भाउ?

काठमाडौँ- नेपाल राष्ट्र बैंकले आज (सोमबार) लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ।

आज अमेरिकी डलर, बहराइन दिनारसहितका मुद्राको विनिमयदर स्थिर छ। तर, अस्ट्रेलियन डलर, युरो, पाउन्ड, कुबेती दिनारसहित धेरैजसो विदेशी मुद्राको मूल्य भने बढेको राष्ट्र बैंकले जनाएको छ।

आज अमेरिकी डलर १ को खरिदर १४१ रुपैयाँ ७० पैसा र बिक्रीदर १४२ रुपैयाँ ३० पैसा छ। हिजो र अस्ती पनि अमेरिकी डलरको विनिमयदर यही थियो।

आज युरो १ को खरिदर १६४ रुपैयाँ ६७ पैसा र बिक्रीदर १६५ रुपैयाँ ३७ पैसा छ। हिजो युरो १ को खरिदर १६४ रुपैयाँ ५३ पैसा र बिक्रीदर १६५ रुपैयाँ २२ पैसा थियो।

आज पाउन्ड स्ट्रलिङ १ को खरिदर १८६ रुपैयाँ ६५ पैसा र बिक्रीदर १८७ रुपैयाँ ४४ पैसा छ। हिजो पाउन्ड स्ट्रलिङ १ को खरिदर १८६ रुपैयाँ १३ पैसा र बिक्रीदर १८६ रुपैयाँ ९२ पैसा थियो।

आज अस्ट्रेलियन डलर १ को खरिदर ९२ रुपैयाँ ६३ पैसा र बिक्रीदर ९३ रुपैयाँ ०२ पैसा छ। हिजो अस्ट्रेलियन डलर १ को खरिदर ९२ रुपैयाँ २३ पैसा र बिक्रीदर ९२ रुपैयाँ ६२ पैसा थियो।

त्यसैगरि आज कुबेती दिनार १ को खरिदर ४६१ रुपैयाँ ७४ पैसा र बिक्रीदर ४६३ रुपैयाँ ७० पैसा छ। हिजो कुबेती दिनार १ को खरिदर ४६१ रुपैयाँ ९५ पैसा र बिक्रीदर ४६३ रुपैयाँ ९१ पैसा थियो।

आज बहराइन दिनार १ को खरिदर ३७५ रुपैयाँ ८४ पैसा र बिक्रीदर ३७७ रुपैयाँ ४३ पैसा छ। हिजो पनि बहराइन दिनारको विनिमयदर यही थियो।

प्रकाशित: १ मंसिर २०८२ ६:४५ | Monday, November 17, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 + nineteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast