धनुषामा तेश्रो संस्करणको सर्प महोत्सव सुरु

हिमाल प्रेस ३० कार्तिक २०८२ १९:५२ | Sunday, November 16, 2025
38
SHARES
धनुषामा तेश्रो संस्करणको सर्प महोत्सव सुरु

जनकपुरधाम– धनुषाको मिथिला बिहारीमा तेस्रो संस्करणको सर्प महोत्सव सुरु भएको छ।

नगरपालिकाको वडा नं. २ जनमुक्ति चोकस्थित ‘कल्चर भिलेजमा’ मिथिला वाइल्ड लाइफ ट्रष्ट र सेभ द लाइभ्सको संयुक्त आयोजनामा दुई दिने सर्प महोत्सव सुरु गरिएको हो।

सर्पबारे अझै पनि अन्धविश्वास रहेको र यसलाई डरको प्रतीकका रूपमा हेरिने गरिएकाले त्यसको महत्वबारे नागरिकमा जनचेतना फैलाउने उद्देश्यले महोत्सव आयोजना गरिएको मिथिला वाइल्ड लाइफ ट्रष्टका अध्यक्ष देवनारायण मण्डलले बताए।

उनले भने, ‘सर्पको महत्व बुझौँ, सहअस्तित्वलाई सम्मान गरौँ, संरक्षणमार्फत भविष्य सुरक्षित गरौँ’ भन्ने मूल नारासहित सुरु भएको महोत्सवले सर्प र मानवबीचको सहअस्तित्व, जैविक विविधता संरक्षण र पर्यावरणीय सन्तुलनमा सर्पको भूमिका बारे महोत्सवमा बुझाइनेछ।’

महोत्सवमा सर्पको जीवनचक्र, विषका प्रकार, सर्पदंशपछिको उपचार प्रक्रिया र उद्धारसम्बन्धी व्यावहारिक जानकारी दिनुका साथै सर्प संरक्षणसम्बन्धी चित्र प्रदर्शनी र जीवित सर्प प्रदर्शनीमार्फत सहभागीहरूलाई प्रत्यक्ष अवलोकन र सिकाइको अवसर प्रदान गरिने अध्यक्ष मण्डलले बताए।

महोत्सवको उद्देश्यबारे थप जानकारी दिँदै उनले भने, ‘सर्प र मानवबीच द्वन्द्व न्यूनीकरण गर्दै यसको पर्यावरणीय, चिकित्सकीय, धार्मिक तथा सांस्कृतिक महत्व उजागर गर्नु मुख्य लक्ष्य रहेको छ।’

प्रकाशित: ३० कार्तिक २०८२ १९:५२ | Sunday, November 16, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast