‘पाँडे’ निर्देशित फिल्म ‘झरीपछिको इन्द्रेणी’ को रोमान्टिक गीत सार्वजनिक

हिमाल प्रेस ३० कार्तिक २०८२ १६:०१ | Sunday, November 16, 2025
12
SHARES
‘पाँडे’ निर्देशित फिल्म ‘झरीपछिको इन्द्रेणी’ को रोमान्टिक गीत सार्वजनिक

काठमाडौँ- अर्जुन घिमिरे ‘पाँडे’ को निर्देशनमा बनेको फिल्म ‘झरीपछिको इन्द्रेणी’ को ‘फसायो लमी’ले बोलको गीत सार्वजनिक भएको छ। गीत काठमाडौँका मेयर बालेन्द्र शाहको ‘बालेन’ नामक अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो।

गीत गायिका समीक्षा अधिकारी र गायक वसन्त थापाले गाएका छन्। गीतको गीतको शब्द, संगीत र संगीत संयोजन रमेश परियारले गरेका छन्।

मौसम हिमालीको नृत्य निर्देशन रहेको गीतको भिडियोमा कलाकार रमेश उप्रेती, दिपाश्री निरौला, मोडल अञ्जली अधिकारी र प्रदीप लामासहितका कलाकारको नृत्य प्रस्तुत गरिएको छ।

फिल्म निर्देशक घिमिरेकै कथा, पटकथा र संवादमा बनेको हो। जसमा उनलाई गणेश कार्की, विशाल घिमिरेले सहयोग गरेका छन्। फिल्म आगामी पुस ४ गते हलमा लाग्नेछ। फिल्मका निर्मात्री अनिशा सेन्दाङ लिम्बू हुन्।

फिल्ममा रमेश उप्रेती, प्रकाश घिमिरे, दीपाश्री निरौला, सरिता गिरी, देशभक्त खनाल, निर्मल शर्मा, कृष्ण शिवाकोटी, कृष्णभक्त महर्जन, अर्जुन घिमिरे, प्रियना आचार्य, अंशु महर्जन, राजेन्द्र नेपाली, लक्षणा राई, बाल कलाकार दिप्सन चिलवाललगायत कलाकारको अभिनय छ। यही फिल्मबाट कलाकार विमोचन दवाडी र जेसिका पोखरेलले अभिनयमा डेब्यु गर्दैछन्।

प्रकाशित: ३० कार्तिक २०८२ १६:०१ | Sunday, November 16, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast