इलाममा ट्याक्टर दुर्घटना, १ को मृत्यु

हिमाल प्रेस ३० कार्तिक २०८२ ११:४३
2
SHARE
इलाममा ट्याक्टर दुर्घटना, १ को मृत्यु

इलाम- इलामको सन्दकपुर गाँउपालिका २, गोरुवाले भञ्ज्याङस्थित सडकमा इलामबाट पाँचथरतर्फ (नेपाली कागज बनाउन प्रयोग हुने) लोक्ताको लोड बोकेर जाँदैगरेको प्रदेश १-०२-००३-त ३४०२ नं को ट्याक्टर सडकबाट ५० मिटर खसेर दुर्घटना भएको छ।

प्रहरीका अनुसार ट्याक्टरमा सवार पाँचथर फिदिम नपा १४ का अन्दाजी ३३-३४ वर्षे सोम राईको घटनास्थलमा मृत्यु भएको हो। सोही ट्याक्टरमा सवार फिदिम १३ का अन्दाजी ४५ वर्षे टंक तामाङ र त्यही ठेगानाका अन्दाजी ४० वर्षे युद्धकुमार राई घाइते भएका छन्।

ट्याक्टर चालक संखुवासभा मकालु गाउॅपालिका ३ का २३ वर्षे बिकुल पराजुली तत्काल फरार छन् । उनको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित: ३० कार्तिक २०८२ ११:४३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast