अशोक राई नेतृत्वको जसपाबाट उपेन्द्रको पार्टीमा फर्किए युवा संघ अध्यक्ष

हिमाल प्रेस ३० कार्तिक २०८२ ९:१८
4
SHARES
अशोक राई नेतृत्वको जसपाबाट उपेन्द्रको पार्टीमा फर्किए युवा संघ अध्यक्ष

रुपन्देही- अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) निकट समाजवादी युवा संघका केन्द्रीय अध्यक्ष मोहम्मद असलम खान पुनः जनता समाजवादी पार्टी, नेपालमा फर्किएका छन् ।

शनिबार भैरहवामा आयोजित जसपा नेपाल लुम्बिनी प्रदेशको प्रथम अधिवेशनमा खानलाई पार्टीका केन्द्रीय अध्यक्ष उपेन्द्र यादव, महासचिव रामकुमार शर्मालगायतले स्वागत गरेका छन् ।

कार्यक्रममा समाजवादी युवा सङ्घका केन्द्रीय कोषाध्यक्ष अप्सरा नायकसहित दर्जन बढी युवा नेता तथा कार्यकर्ता जसपामा प्रवेश गरेका पार्टीका केन्द्रीय सदस्य विद्याप्रसाद यादवले जानकारी दिए ।

प्रकाशित: ३० कार्तिक २०८२ ९:१८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast