श्रीलंकन साहित्यकारहरुलाई पाठक मञ्चद्धारा स्वागत, पाठकमञ्चसँग ७ बुँदे समझदारी

हिमाल प्रेस २९ कार्तिक २०८२ १९:३३ | Saturday, November 15, 2025
32
SHARES
श्रीलंकन साहित्यकारहरुलाई पाठक मञ्चद्धारा स्वागत, पाठकमञ्चसँग ७ बुँदे समझदारी

बुटवल– श्रीलंकाली साहित्यकारहरुको टोलीलाई पाठक मञ्च बुटवलले शनिबार स्वागत गरेको छ। मञ्चले श्रीलंकाली साहित्यकारहरुलाई रुपन्देहीको तिलोत्तमामा नेपाल श्रीलंका साँस्कृतिक सहकार्य विषयमा छलफल गर्दै स्वागत गरेको हो।

उक्त अवसरमा पाठक मञ्चले श्रीलंकाली साहित्यकी संस्था सबुद्धिसँग साहित्यिक साँस्कृतिक आदानप्रदानका लागि समझदारीपत्रमा हस्ताक्षर गरेको छ। दुवै देशको साहित्यिक साँस्कृतिक तथा बौद्धिक कला आदान–प्रदान गर्न र दुई देशबीच सहकार्यको वातावरण बनाउन दुई संस्थाविच समझदारी पत्रमा हस्ताक्षर भएको हो।

श्रीलंकाली साहित्यिक संस्था सबुद्धिका तर्फबाट डा. थमिरा मञ्जु र पाठक मञ्च बुटवलका तर्फबाट माधव गौतमले समझदारी पत्रमा हस्ताक्षर गरेका हुन्। सातबुँदे समझदारीमा साहित्यिक साँस्कृतिक गतिविधिको आदान प्रदानसँगै सृजनाहरुको अनुवादसम्म गर्न सक्ने प्रावधान राखिएको छ।

समझदारीअघि आयोजित कार्यक्रममा नेपालका तर्फबाट विभिन्न क्षेत्रका साहित्यकार तथा विद्धानहरुले श्रीलंकन साहित्यकारहरुलाई स्वागत गर्दै नेपालको वर्तमान साहित्यको अवस्थाबारे समेत जानकारी गराइएको थियो।

कार्यक्रममा नेपालका तर्फबाट साहित्यकार दील साहनी, श्रीलंकन साहित्यकारहरु अनुराश्री, मलिक थुइठले कविता वाचन गरेका थिए। यस्तै कार्यक्रममा नेपाल श्रीलंकाको साहित्य सम्बन्ध र वर्तमान नेपालको साहित्यबारे पाठक मञ्चका तर्फबाट सरिता श्रीस, माधव प्रसाद पौडेल, कृष्ण पाण्डेयले बोलेका थिए।

यस्तै कार्यक्रममा श्रीलंकन साहित्यकार डा. क्रिल प्रेमनायके, डा. अमरसिरी बिक्रमराथ्ने, रेडियन्ट कलेजका अनन्त पाण्डे, मनोज भुसाल, प्राध्यापक शंकर भण्डारी लगायतले साहित्यकारहरुलाई नेपालमा स्वागत गर्न पाएकोमा खुशी व्यक्त गरे। स्वागत कार्यक्रममा बरिष्ठ साहित्यकार जंगबहादुर शाह, डा. मुरारी पराजुली, प्राध्यापक डा. बाबुराम ज्ञवाली, साहित्यकार वनमाली निराकार, अध्येता रामचन्द्र श्रेष्ठ, रमेश पाण्डेय, इन्दिरा अर्याल, दीपक विश्वकर्मा लगायतको उपस्थिति रहेको थियो।

भारत हुँदै नेपाल आएको श्रीलंकन साहित्यकारहरुको टोली शुक्रबार बुद्धजन्मस्ल लुम्बिनीमा बास बसेको थियो। शनिबार तिलोत्तमा कार्यक्रम पश्चात बुटवल भ्रमण गरी पोखरातर्फ प्रस्थान गरेका छन्।

प्रकाशित: २९ कार्तिक २०८२ १९:३३ | Saturday, November 15, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five − 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast