‘द ब्ल्यू लाइट’ पुस १० गते प्रदर्शन हुने

हिमाल प्रेस १ मंसिर २०८२ १३:१८ | Monday, November 17, 2025
10
SHARES
‘द ब्ल्यू लाइट’ पुस १० गते प्रदर्शन हुने

काठमाडौँ- फिल्म ‘द ब्ल्यू लाइट’ पुस १० गते प्रदर्शन हुने भएको छ। सोमबार एक पोस्टर सार्वजनिक गर्दै निर्माण टिमले पुस १० गते फिल्म प्रदर्शन हुने जानकारी दिएको हो।

सार्वजनिक पोस्टरमा फिल्मका पाँच कलाकार अटाएका छन्। नीलो रंगको कुनै घर वा होटलजस्तो देखिने पृष्ठभूमिमा कलाकारमहेश त्रिपाठी, अर्पण थापा, बेनिशा हमाल, सृष्टि श्रेष्ठ र आयुशमान देशराज जोशी देखिएका छन्। सबै पात्रको मुहार निराश देखिएको छ। पछाडी देखिएका महेशको हातमा बञ्चरो छ।

बलिराम चौहानको निर्देशनमा बनेको फिल्म साइकोलोजिकल थ्रिलर जनरामा बनेको छ।

फिल्ममा अर्पण थापा, महेश त्रिपाठी, आयुशमान देशराज जोशी, बेनिशा हमाल, सृष्टि श्रेष्ठ, सुरक्षा इटानी, बाल कलाकारमा ग्रिसमा कटुवाल र सहारा शर्माको अभिनय छ। फिल्ममा स्काइफल पिक्चर्सको प्रस्तुति रहेकाे छ।

प्रकाशित: १ मंसिर २०८२ १३:१८ | Monday, November 17, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen − 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast