अब्दुस मियाँको चुनावी टोलीमाथि आक्रमण, एक घाइते

हिमाल प्रेस २८ कार्तिक २०७९ ८:२० | Monday, November 14, 2022
अब्दुस मियाँको चुनावी टोलीमाथि आक्रमण, एक घाइते

काठमाडौँ- गोरखामा नेकपा एमालेका प्रतिनिधिसभा सदस्य उम्मेदवार रहेका अब्दुस मियाँको टोलीमाथि आक्रमण भएको छ।

आइतबार राति पाँच जनाको समूहले खाना खाने क्रममा पालुङटार नगरपालिका ७ स्थित म्याङ्गो रिसोर्टमै बियरको बोतलले आक्रमण गरेको हो। बोतल प्रहारबाट एमाले नेता हरि काफ्लेको टाउकोमा गम्भीर चोट लागेको छ।

एमाले प्रदेश सचिवालय सदस्य काफ्लेको टाउकोमा सातवटा टाँका लगाएर उनलाई थप उपचारका लागि राति नै काठमाडौँ ल्याइएको छ। प्रहरीले घटनामा संलग्न रहेको आरोपमा दुई जनालाई नियन्त्रणमा लिएको छ। तीन जना घटनापछि भागेको जनाइएको छ।

प्रकाशित: २८ कार्तिक २०७९ ८:२० | Monday, November 14, 2022

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast