नेपालभाषा जर्नल विमोचित

हिमाल प्रेस २७ कार्तिक २०८२ १७:०३ | Thursday, November 13, 2025
2
SHARE
नेपालभाषा जर्नल विमोचित

काठमाडौँ- त्रिभुवन विश्वविद्याल नेपालभाषा केन्द्रीय विभाग पाटनढोकामा एक कार्यक्रमबीच नेपालभाषा जर्नलको विमोचन गरिएको छ। कार्यक्रममा त्रिवि र विभिन्न व्यक्तिहरूले स्थापना गरिराखेको छात्रवृत्तिसँगै पुरस्कार वितरण गरिएको थियो।

त्रिवि छात्रवृत्ति पहिलो सेमेस्टरबाट सुजना महर्जन र महेश्वरी महर्जन तथा तेस्रो सेमेस्टरबाट समष्टि शाक्य र रामजी बलामीलाई प्रदान गरिएको छ। यसैगरी पुष्पदेवी छात्रवृत्ति पहिलो सेमेस्टरबाट नानीहेरा शाक्य र दिलदेवी महर्जन तथा तेस्रो सेमेस्टरबाट नीता तुलाधर र प्रमिला महर्जनले पाएका छन्। खैगुली छात्रवृत्ति ज्ञानराम श्रेष्ठ र योगवीरसिंह अनुसन्धान वृत्ति पूजा मानन्धरलाई वितरण गरिएको थियो।

कार्यक्रममा प्रमुख अतिथि पञ्चवीरसिंह तुलाधर, विशेष अतिथि भाषा आयोगका सदस्य सुरेश मानन्धर, अतिथि प्रा.डा. ओमकारेश्वर श्रेष्ठ, सभापति विभागीय प्रमुख डा. राजनलाल जोशी, पाटन क्याम्पस प्रमुख डा. रघुबीर विष्ट, उपप्रध्यापक राजितबहादुर श्रेष्ठ, पाटन क्याम्पस स्ववियु सभापति रोहित कपाली, लुमन्ति दबूका अध्यक्ष यादव रञ्जितले आआफ्नो मन्तव्य राखेका थिए।

प्रकाशित: २७ कार्तिक २०८२ १७:०३ | Thursday, November 13, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

7 + eight =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast