काठमाडौँबाट खैरो हेरोइन र नगदसहित युवक पक्राउ

हिमाल प्रेस २६ कार्तिक २०८२ ७:३१ | Wednesday, November 12, 2025
6
SHARES
काठमाडौँबाट खैरो हेरोइन र नगदसहित युवक पक्राउ प्रतिनिधिमूलक तस्बिर

काठमाडौँ- लागुऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले काठमाडौँबाट एक जनालाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले लागुऔषध खैरो हेरोइन ६।७३ ग्राम र नगद रू ७३ हजारसहित झापा घर भई हाल काठमाडौँको तारकेश्वर नगरपालिका–८ लामाबगर बस्ने ३३ वर्षीय शंकर राजवंशीलाई पक्राउ गरेको हो।

परिसरका प्रवक्ता, प्रहरी उपरीक्षक पवनकुमार भट्टराईले रातको समयमा हिँडिरहेको अवस्थामा शरीर तथा कोठामा खानतलासीका क्रममा लागुऔषध र नगद फेला परेको जानकारी दिए। राजवंशीबाट प्रहरीले तीन थान मोबाइलसमेत बरामद गरेको छ।

पक्राउ परेका उनलाई जिल्ला अदालत काठमाडौँबाट तीन पाँच दिनको म्याद थप गरी प्रहरी वृत्त बालाजुबाट अनुसन्धान भइरहेको प्रवक्ता भट्टराईले बताए।

प्रकाशित: २६ कार्तिक २०८२ ७:३१ | Wednesday, November 12, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen − 10 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast