मानव स्रोत विकास केन्द्रद्वारा सामुदायिक विद्यालयको जग्गा विवरण माग

हिमाल प्रेस २५ कार्तिक २०८२ १६:४४ | Tuesday, November 11, 2025
52
SHARES
मानव स्रोत विकास केन्द्रद्वारा सामुदायिक विद्यालयको जग्गा विवरण माग

काठमाडौँ- शिक्षा तथा मानव स्रोत विकास केन्द्र, विद्यालय शिक्षा मापदण्ड निर्धारण शाखा, सानोठिमी भक्तपुरले देशभरका सामुदायिक विद्यालय र सामुदायिक सिकाइ केन्द्रहरूको जग्गा विवरण माग गरेको छ।

केन्द्रले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको कात्तिक १९ को पत्रका आधारमा सबै जिल्लास्थित शिक्षा विकास तथा समन्वय एकाइहरूलाई जग्गासम्बन्धी विवरण यथाशिघ्र पठाउन निर्देशन दिएको हो।

निर्देशनअनुसार विद्यालयहरूको नाम, तह, ठेगाना, जग्गाको क्षेत्रफल, जग्गा भोगचलनको अवस्था र सम्भावित समस्या उल्लेख गरी विवरण पठाउन भनिएको छ। सो विवरण शिक्षा तथा मानव स्रोत विकास केन्द्रको इमेल ठेगाना [email protected] मा पठाउन अनुरोध गरिएको छ।

केन्द्रकी शाखा अधिकृत शान्ति बिष्टद्वारा जारी पत्रमा भनिएको छ,‘मन्त्रालयको निर्देशनअनुसार हाल सञ्चालनमा रहेका सामुदायिक विद्यालय र सामुदायिक सिकाइ केन्द्रहरूको जग्गा विवरण माग भई आएको हुँदा माग भएको ढाँचामा विवरण उपलब्ध गराउन अनुरोध गरिएको छ।’

प्रकाशित: २५ कार्तिक २०८२ १६:४४ | Tuesday, November 11, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

9 + fourteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast