आज कोशीमा बिदा

हिमाल प्रेस २५ कार्तिक २०८२ ८:३२ | Tuesday, November 11, 2025
14
SHARES
आज कोशीमा बिदा

काठमाडौँ- किरात धर्मावलम्बीका महागुरु फाल्गुनन्दको १४१ औं जन्मजयन्तीको अवसरमा कोशी प्रदेश सरकारले प्रदेशभर सार्वजनिक बिदा दिएको छ ।

प्रदेश सरकारले राष्ट्रिय विभूति महागुरु फाल्गुनन्दको सम्मानमा प्रदेशभर सार्वजनिक बिदा दिएको हो। महागुरु फाल्गुनन्द लिङदेनको जन्म विसं १९४२ कात्तिक २५ गते आइतबार भएको थियो। समाज सुधारका लागि नीति निर्माण गरेका फाल्गुनन्दको विसं २००५ मा निधन भएको थियो।

फाल्गुनन्द किराँत धर्मका महागुरु तथा समाज सुधारक हुन्। उनलाई सरकारले २०६६ मंसिर १६ गते राष्ट्रिय विभूति घोषणा गरेको थियो। कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले फाल्गुनन्द समाज सुधारक तथा सत्य, अहिंसा र नारी सम्मानका प्रवर्तक रहेको बताए ।

महागुरु फाल्गुनन्द लिङदेनको जन्मजयन्तीको अवसरमा सन्देश जारी गर्दै उनले सबै जात, भाषा, धर्म र संस्कृतिको संरक्षण र सम्बर्द्धन गर्न कोशी प्रदेश सरकार प्रतिबद्ध रहेको बताए। उनले कोशी प्रदेश सरकारले भाषा संस्कृति लिपिको संरक्षणका लागि संवैधानिक व्यवस्था अनुसार भाषाहरूलाई प्रदेशमा प्रयोगमा ल्याउने बताए।

प्रकाशित: २५ कार्तिक २०८२ ८:३२ | Tuesday, November 11, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 − eight =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast