आलमको निधनले स्थगित कांग्रेस केन्द्रीय समिति बैठक आज बस्दै

हिमाल प्रेस २५ कार्तिक २०८२ ६:४५ | Tuesday, November 11, 2025
14
SHARES
आलमको निधनले स्थगित कांग्रेस केन्द्रीय समिति बैठक आज बस्दै फाइल तस्बिर

काठमाडौँ- पूर्वमन्त्री तथा पार्टीका पूर्वकेन्द्रीय सदस्य मोहम्मद अफताव आलमको निधन भएपछि २ दिन स्थगित भएको नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज बस्ने भएको छ।

आइतबार र सोमबार स्थगित गरिएको केन्द्रीय समिति बैठक आज बिहान साढे ११ बजे पार्टी कार्यालयमा बस्ने केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।

गत असोज २८ गतेबाट जारी केन्द्रीय कार्यसमिति बैठकमा पार्टीको १५ औँ महाधिवेशनबारे छलफल भइरहेको छ। महाधिवेशन कहिले गर्ने भन्नेबारे बैठकमा नेताहरूका फरक–फरक धारणा राखिरहेका छन्।

प्रकाशित: २५ कार्तिक २०८२ ६:४५ | Tuesday, November 11, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen + three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast