नइ एकेडेमीले विजय मल्लको शताब्दी मनाउने

हिमाल प्रेस २४ कार्तिक २०८२ २१:०३ | Monday, November 10, 2025
34
SHARES
नइ एकेडेमीले विजय मल्लको शताब्दी मनाउने

काठमाडौँ- नइ एकेडेमीले नाटककार, आख्यानकार तथा कवि विजय मल्लको शताब्दी महोत्सव आयोजना गर्ने भएको छ। मल्लको जन्म १९८२ सालमा काठमाडौँमा भएको थियो।

नइ एकेडेमीका पूर्वकोषाध्यक्ष सुरबहादुर श्रेष्ठको संयोजनमा शताब्दी महोत्सव आयोजन हुन लागेको एकेडेमीका सदस्य सचिव नरेन्द्रराज प्रसाईले जानकारी दिए।

विजय मल्ल शताब्दी महोत्सवको अवसरमा डा.साधना प्रतीक्षाकृत ‘नारीवादी नाटककार विजय मल्ल’ र नरेन्द्रराज प्रसाईबाट लिखित ‘विजय मल्लको जीवनी’ कृति प्रकाशित गरिने भएका छन्।

एकेडेमीका कुलपति इन्दिरा प्रसाईको अध्यक्षतामा सोमबार बसेको बैठकले शताब्दी महोत्सव बनाउने निर्णय गरेको सदस्य सचिव प्रसाईले जानकारी दिएका छन्।

विशिष्ट बौद्धिक स्रष्टा विजय मल्ल नाट्य सम्राट बालकृष्ण सम र महाकवि लक्ष्मीप्रसाद देवकोटा जस्तै बहुआयामिक सिर्जनात्मक योगदान गर्ने व्यक्तित्व रहेको एकेडेमीको भनाइ छ।

प्रकाशित: २४ कार्तिक २०८२ २१:०३ | Monday, November 10, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

thirteen + 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast