प्रदेश प्रमुख भण्डारी पदमुक्त, सुरेन्द्र लाभ सिफारिस

हिमाल प्रेस २४ कार्तिक २०८२ १९:२२ | Monday, November 10, 2025
60
SHARES
प्रदेश प्रमुख भण्डारी पदमुक्त, सुरेन्द्र लाभ सिफारिस

काठमाडौँ- सरकारले मधेश प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीलाई पदमुक्त गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले उनलाई पदबाट हटाउने निर्णय गरेको हो।

बैठकले मधेश प्रदेशको प्रदेश प्रमुखमा प्राध्यापक डा.सुरेन्द्र लाभलाई सिफारिस गरेको छ। अर्थशास्त्रमा विद्यावारिधी गरेका लाभ राजनीतिमा दख्खल राख्ने गरेका छन्। उनी राष्ट्रिय योजना आयोगका पूर्वसदस्यसमेत हुन्।

सञ्चार, सूचना तथा प्रविधिमन्त्री जगदीश खरेलले मन्त्रिपरिषद् बैठकले प्रदेश प्रमुख भण्डारीलाई पदमुक्त गरी लाभलाई सिफारिस गरेको जानकारी दिए।

बर्दिवासको होटलमा सोमबार बिहान चार बजे मधेश प्रदेश नेकपा एमाले संसदीय दलका नेता सरोज यादवलाई मुख्यमन्त्री नियुक्त गरेपछि उनी विवादमा मुछिएकी थिइन्।

संविधानको धारा १६८ (२) बमोजिम मुख्यमन्त्री नियुक्त गर्ने विकल्प छँदाछँदै उपधारा ३ बमोजिम प्रदेशसभाको सबैभन्दा ठूलो दल एमाले संसदीय दलका नेता यादवलाई उनले मुख्यमन्त्री नियुक्त गरेपछि अन्य दलहरू विरोधमा उत्रिएको थियो।

तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारले भण्डारीलाई २०८० फागुन २८ मा मधेश प्रदेशको प्रदेश प्रमुख सिफारिस गरेको थियो। उनले चैत ५ मा पदभार ग्रहण गरेकी थिइन्।

प्रकाशित: २४ कार्तिक २०८२ १९:२२ | Monday, November 10, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast