आजदेखि तुरतुरे-चाम्बास सडकखण्ड दैनिक ६ घण्टा बन्द

हिमाल प्रेस २४ कार्तिक २०८२ १२:३२ | Monday, November 10, 2025
8
SHARES
आजदेखि तुरतुरे-चाम्बास सडकखण्ड दैनिक ६ घण्टा बन्द

तनहुँ- डुम्रे-बेसीँसहर सडकखण्डअन्तर्गत तनहुँको भानु नगरपालिकास्थित तुरतुरे-चाम्बास सडक आजदेखि दैनिक साढे ६ घण्टा बन्द गरिएको छ।

भानु नगरपालिकाको ढुकुर्दी क्षेत्रसम्म सडक विस्तारका लागि कात्तिक २४ गतेदेखि मंसिर ५ गतेसम्म दैनिक साढे ६ घण्टा बन्द हुन लागेको हो।

सडक विस्तारका लागि सम्भावित दुर्घटना जोखिम न्यूनीकरण गर्न तथा कार्यप्रगतिमा सहजीकरणका लागि डुम्रे बेसीँसहर चामे सडक योजनाबाट अनुरोध भएकामा उक्त खण्ड बन्द गर्न लागेको प्रशासकीय अधिकृत विकास श्रेष्ठले जानकारी दिए।

श्रेष्ठका अनुसार उक्त खण्ड बिहान ६:३० बजेदेखि ९ बजेसम्म, बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्म र दिउँसो २ बजेदेखि ४ बजेसम्म बन्द हुनेछ।

उक्त समयावधिमा तुरतुरे-पालुङटार-खत्रीटार हुँदै विमलनगर निस्किएर वैकल्पिक सडक प्रयोग गर्न सकिने उनले बताए।

प्रकाशित: २४ कार्तिक २०८२ १२:३२ | Monday, November 10, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three + 11 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast