कान्तिपुर थिएटरमा आजदेखि मञ्चन हुँदै नाटक ‘महारानीको जात्रा’

हिमाल प्रेस २४ कार्तिक २०८२ १०:४० | Monday, November 10, 2025
80
SHARES
कान्तिपुर थिएटरमा आजदेखि मञ्चन हुँदै नाटक ‘महारानीको जात्रा’

काठमाडौँ- नाटक ‘महारानीको जात्रा’ मञ्चन हुने भएको छ। नाटक गैह्रीधारास्थित कान्तिपुर थिएटरमा मञ्चन हुन लागेको हो। यो नाटक कान्तिपुर फिल्म एकेडेमीको तेस्रो थिएटर प्रोडक्सन हो। यसअघि थिएटरमा ‘मीरा’ र ‘शिरीषको फूल’ नाटक मञ्चन भएको थियो।

‘महारानीको जात्रा’ कात्तिक २४ अर्थात् आजदेखि सुरु हुने नाटक मंसिर २० सम्म मञ्चन हुनेछ। नाटकका परिकल्पनाकार तथा निर्देशक दिपल बराल हुन्। उनले लामो समयदेखि नाटक डिजाइन र निर्देशन गर्दै आएका  छन्। उनी  प्रशिक्षक पनि हुन्।

नाटकमा कलाकारमा उषा रजक, राज न्यौपाने, सुहाना आचार्य, निकिता आचार्य, दिपेश गजुरेल, विकल्प ओली, ज्योति लामा, समीर शर्मा, विशाल कार्की, गोविन पौडेल, श्रीधर गौतम, प्रयास खत्री, विमल यादव, मनोज तामाङ, बिरान दहनी, स्वेता चौलागाईं र कुशल बास्कोटाले अभिनय गर्नेछन्।  यी सबै कलाकार कान्तिपुर फिल्म एकेडेमी र थिएटरका विद्यार्थी तथा सदस्य हुन्।

नाटक बुधबार बाहेक साताको प्रत्येक दिन साँझ ५ बजे मञ्चन हुनेछ।

यसअघि अभिनेत्री रेखा थापालाई नाटक मीराबाट डेब्यु गराएको र लामो समयको अन्तरालपछि नायक जीवन लुइँटेललाई कमब्याक गराएको नाटक शिरीषको फूल को सफल मञ्चनपछि कान्तिपुर फिल्म एकेडेमीको नाटकघर कान्तिपुर थिएटरले आफ्नो तेस्रो नाटक महारानीको जात्रा मञ्चन गर्न लागेको छ।

थिएटरले पछिल्लो समयमा रेखा थापालाई डेब्यु गराएको नाटक ‘मीरा’ बाट डेब्यु र जीवन लुइँटेललाई नाटक ‘शिरीषको फूल’ मार्फत कमब्याक गराएको थियाे।

‘महारानीको जात्रा’ मा  कलाकार उषा रजक र राज न्यौपानेसँगै नवकलाकार  सुहाना आचार्य र निकिता आचार्यलाई मञ्चमा उतार्दैछ। नाटक रमेश पुरीको निर्माणमा बनेकाे हाे।

प्रकाशित: २४ कार्तिक २०८२ १०:४० | Monday, November 10, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

11 + 20 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast