मधेशको कथामा बनेकाे ‘प्रतिवैरम्’ को छायांकन सकियो

हिमाल प्रेस २३ कार्तिक २०८२ ११:४४
6
SHARES
मधेशको कथामा बनेकाे ‘प्रतिवैरम्’ को छायांकन सकियो

काठमाडौँ- रोशन दासको निर्देशनमा फिल्म ‘प्रतिवैरम्’ बनेको छ। सर्लाही र सिराहामा गरी फिल्मको छायांकन पनि सकिएको निर्माण टिमले जनाएको छ।

फिल्मको कथा मधेश केन्द्रित सामाजिक र राजनीतिक विषयवस्तुमा आधारित रहेको टिमको दाबी छ। फिल्ममा मधेशका वास्तविक कथा, सौन्दर्य र समस्यालाई उजागर गरिने निर्देशक दासले बताए।

निर्देशक दासकै कथा रहेको फिल्मको पटकथा युवराज भट्टराईले लेखेका हुन्। फिल्म आगामी वर्ष २०८३ सालमा प्रदर्शन गर्ने टिमको तयारी छ।

फिल्म ज्याकले छायांकन गरेका हुन्। फिल्ममा सम्राट दास,वीरेन्द्र कुशवाहा, आलिशा बस्तोला, सुप्रज्ञा शर्मा, गीता श्री, आशिष डीके, प्रदीप ढकाल, नारायण बि.के., बिके शाह, रामेश बुढाथोकीलगायत कलाकारको अभिनय छ।

रेज इन्टरटेनमेन्टले निर्माण गरेको फिल्मका प्रोडक्सन म्यानेजर कमल सुनार हुन्।

प्रकाशित: २३ कार्तिक २०८२ ११:४४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 − 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast