एकीकृत समाजवादीको पुनर्गठन पक्षधर चुन्यो घनश्याम भुसाललाई संयोजक

हिमाल प्रेस २३ कार्तिक २०८२ ७:२६
40
SHARES
एकीकृत समाजवादीको पुनर्गठन पक्षधर चुन्यो घनश्याम भुसाललाई संयोजक

काठमाडौँ- नेकपा एकीकृत समाजवादीको पुनर्गठन पक्षधरले पार्टी संयोजकमा घनश्याम भुसाललाई तोकेको छ । विभाजनपूर्व उनी पार्टी महासचिव थिए ।

शनिबार राति ६७ जना केन्द्रीय सदस्यको भर्चुवल (जुम) मिटिङले उनलाई संयोजक तोकेको बैठकमा सहभागी एक नेताले बताए। पार्टीको नाम, झण्डा र चुनाव चिह्न यथावत राख्ने, यद्यपि कानूनी र संसदीय व्यवस्थाका विषयलाई अध्ययन गर्दै आवश्यकताका आधारमा अगाडि बढ्ने निर्णय मिटिङले गरेको छ ।

विशेष महाधिवेशनअघि मंसिरमै राष्ट्रिय भेला आयोजना गरिने भएको छ ।

प्रकाशित: २३ कार्तिक २०८२ ७:२६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen − 15 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast