‘लाइटिङ’ प्रणालीमा समस्या आउँदा हवाई उडान प्रभावित

हिमाल प्रेस २२ कार्तिक २०८२ २१:११
14
SHARES
‘लाइटिङ’ प्रणालीमा समस्या आउँदा हवाई उडान प्रभावित

काठमाडौँ– त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्गमा रहेको ‘एयर फिल्ड लाइटिङ’ प्रणालीमा समस्या आउँदा उडान र अवतरण प्रभावित भएको छ।

विमानस्थलका निर्देशक एवं प्रवक्ता रेञ्जी शेर्पाका अनुसार शनिबार साँझ ५ः३० बजेदेखि लाइटिङमा समस्या आउँदा केही जहाज आकाशमा ‘होल्ड’ मा छन्भने केही गन्तव्यबाट आएका जहाज अन्यत्र पठाइएको छ।

आन्तरिक उडानबाट काठमाडौँ आउने जहाज भने सम्बन्धित गन्तव्यमा नै रोकिएको प्रवक्ता शेर्पाले उल्लेख गरे। रातिको समयमा विमानस्थलको धावनमार्गमा जहाज उडान तथा अवतरणका लागि उज्यालो बनाउने बत्तीलाई ‘एयर फिल्ड लाइटिङ’ भनिन्छ।

प्रकाशित: २२ कार्तिक २०८२ २१:११

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast