रास्वपाको विस्तारित बैठक आजदेखि, आगामी रणनीति तय हुने

हिमाल प्रेस २१ कार्तिक २०८२ ५:५३ | Friday, November 7, 2025
14
SHARES
रास्वपाको विस्तारित बैठक आजदेखि, आगामी रणनीति तय हुने

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को विस्तारित बैठक आजदेखि चितवनको सौराहामा सुरु हुँदैछ। बैठकमा करिब ५ सयभन्दा बढी प्रतिनिधिहरू सहभागी हुँदैछन्।

पार्टी सचिवालय सदस्य हरि ढकालका अनुसार बैठकमा पार्टीका कार्यवाहक सभापति डीपी अर्यालले राजनीतिक प्रतिवेदन पेस गर्नेछन् भने उपसभापति डा.स्वर्णिम वाग्लेले आगामी निर्वाचनका लागि वाचापत्र (घोषणापत्र) को मस्यौदा प्रस्तुत गर्ने कार्यसूची छ।

यस्तै, बैठकमा प्रदेश सभापतिहरूले आफ्ना-आफ्ना प्रदेशभित्रका जिल्लागत संगठनात्मक अवस्थाबारे विवरण प्रस्तुत गर्ने कार्यक्रम पनि रहेको बताइएको छ।

प्रकाशित: २१ कार्तिक २०८२ ५:५३ | Friday, November 7, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nine − six =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast