‘अवतार’ निर्देशक जेम्स क्यामरुनले हेरे ‘आरआरआर’

हिमाल प्रेस २ माघ २०७९ १३:११ | Monday, January 16, 2023
‘अवतार’ निर्देशक जेम्स क्यामरुनले हेरे ‘आरआरआर’

काठमाडौँ- दक्षिण भारतीय फिल्म ‘आरआरआर’ सफलताको उत्कर्षमा छ। फिल्मले देश–विदेशमा प्रसिद्धि प्राप्त गरिरहेको छ। हलिउड निर्देशक जेम्स क्यामरुले समेत ‘आरआरआर’ देखेका छन्।

सफलतामा कीर्तिमान कायम गरेको ‘अवतार’का निर्देशक क्यामरुनले दुईपटक सो फिल्म हेरेको ‘आरआरआर’का निर्देशक एसएस राजामौलीले बताएका छन्।

केही दिनअघि उनले क्यामरुनलाई भेटेका थिए। भेटघाटको तस्बिर सामाजिक सञ्जालमा साझा गर्दै उनले क्यामरुनले फिल्म दुईपटक हेरेको खुलाएका छन्।

‘महान जेम्स क्यामरुनले आरआरआर हेर्नुभयो,’ राजामौलीले ट्वीट गरेका छन्, ‘फिल्म यति मन पर्यो‍ कि उनले आफ्नी पत्नी सुजीलाई फिल्म हेर्न सिफारिस गरे। उनीसँग फेरि हेरे।’

राजामौलीले क्यामरुनसँग १० मिनेट बिताएका थिए। भेटघाटमा फिल्मबारे कुराकानी गरेको उनले बताएका छन्। ‘अहिले म खुसीले गद्गद छु,’ राजामौलीले लेखेका छन्।

फिल्मले एकपछि अर्को सफलता हात पारिरहको छ। भारतमा मात्र नभई विदेशी अवार्ड समारोहमा समेत फिल्मले पुरस्कार आफ्नो पोल्टामा पारिरहेको छ।

हालै फिल्मको ‘नाटु नाटु’ गीतले गोल्डन ग्लोब अवार्डमा पुरस्कार जितेको थियो। लस एन्जलसमा सम्पन्न ‘क्रिटिक्स च्वाइस अवार्ड’मा पनि त्यसले ‘उत्कृष्ट गीत’को अवार्ड हात पारेको छ। फिल्मले ‘उत्कृष्ट विदेशी भाषाको फिल्म’ विधामा ‘क्रिटिक्स च्वाइस अवार्ड’ जितेको छ।

 

प्रकाशित: २ माघ २०७९ १३:११ | Monday, January 16, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two + ten =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast