रवि र छविको मुद्दामा एकसाथ सुनुवाइ हुँदै

हिमाल प्रेस २० कार्तिक २०८२ ११:५८
6
SHARES
रवि र छविको मुद्दामा एकसाथ सुनुवाइ हुँदै फाइल तस्बिर

काठमाडौँ- सहकारीका बचतकर्ताको रकम अपचलन र संगठित अपराधको अभियोगमा कारागारमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र तत्कालीन गोर्खा मिडियाका सञ्चालक छविलाल जोशीको मुद्दामा एकसाथ बिहीबार सुनुवाइ हुँदैछ। सुनुवाइका लागि ३ नम्बरमा पेशी चढेको छ ।

एक साता अघि भदौ १३ गते जोशीका निवेदकले स्थगित गरेपछि दुवैको सुनुवाइ स्थगित भएको थियो । उच्च अदालत तुलसीपुर बुटवल इजलासका न्यायाधीश ओमप्रसाद अर्याल र वासुदेव आचार्यको इजलासमा मुद्दाको सुनुवाइ हुन लागेको अदालतका सूचना अधिकारी रामबहादुर कुँवरले जानकारी दिए ।

यसअघि न्यायाधीशद्वय मिलनकुमार राई र ओमप्रसाद अर्यालको इजलासले लामिछाने र जोशीको एकै प्रकृतिका मुद्दा भएकाले दुवै मुद्दा एकैसाथ राख्न आदेश गरेको थियो । बुटवलस्थित सुप्रिम बचत तथा ऋण सहकारी ठगीमा लामिछाने्सहितका प्रतिवादीलाई १० करोड रुपैयाँ सामूहिक बिगो कायम गरेर अभियोगपत्र दायर गरिएको छ ।

जेनजी प्रदर्शनका क्रममा उच्च अदालत तुलसीपुर बुटवल इजलासमा आगजनी र तोडफोड भए पनि लामिछाने र जोशी दुवैको मुद्दाको फाइल बचेको थियो ।

बुटवलको सुप्रिम सहकारी ठगीको मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका लामिछानेले सहकारीमा अपचलन गरेको आफ्नो भागको बिगो रकम दाखिल गर्दा पनि जिल्ला अदालत रुपन्देहीले रिहा नगरेपछि भदौ ९ गते उच्च अदालतमा निवेदन दर्ता गराएका थिए ।

प्रकाशित: २० कार्तिक २०८२ ११:५८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 − ten =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast