बाबुराम, डीपी, जनार्दन, सुदन, समिक्षा, दुर्गा, मानुषीबीच के भयो कुराकानी?

हिमाल प्रेस २० कार्तिक २०८२ ११:३७
202
SHARES
बाबुराम, डीपी, जनार्दन, सुदन, समिक्षा, दुर्गा, मानुषीबीच के भयो कुराकानी?

काठमाडौँ- जेनजी विद्रोहपछि देशको राजनीतिक परिदृश्यमा देखा परेको परिवर्तन र वैकल्पिक सोचको उभारसँगै नयाँ राजनीतिक ध्रुवीकरणको प्रयास तीव्र बनेको छ। पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईको मध्यस्थतामा बिहीबार बिहान विभिन्न वैकल्पिक दल, समूह र अभियन्ताबीच नयाँ राजनीतिक शक्ति निर्माणका लागि प्रारम्भिक छलफल सुरु भएको हो।

छलफलमा विघटित नेकपा माओवादी केन्द्रका नेता जनार्दन शर्मा र सुदन किराँती, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यवाहक सभापति डोलप्रसाद अर्याल (डिपी), विवेकशील साझा पार्टीकी अध्यक्ष समिक्षा बाँस्कोटा, नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का संयोजक दुर्गा सोब, नेसपा नयाँ शक्तिकै नेतृ मानुषी यमि भट्टराईलगायत सहभागी थिए।

छलफलपछि संयोजक दुर्गा सोबले भनिन्,‘भ्रष्ट र जनअपेक्षा पूरा गर्न असफल भएका पुराना दलहरूविरुद्ध वैकल्पिक विचार र सोच भएका सबै शक्ति एक ठाउँमा आउनुपर्छ भन्ने निष्कर्ष आजको छलफलबाट निकालिएको छ।’

निरन्तर संवाद र सहकार्यबाट सुशासन, विकास र समृद्धिलाई मूल एजेन्डा बनाउँदै साझा वैकल्पिक शक्ति निर्माण गर्न छलफलमा सहभागी नेताहरू सकारात्मक छन्।

सोबले जनार्दन शर्मा आजको छलफलमा फरक दृष्टिकोणका साथ प्रस्तुत भएको जानकारी दिइन्। उनले भनिन्,‘उहाँलाई मैले सोचेको भन्दा फरक पाएँ। उहाँहरूले जेनजी परिवर्तनको मर्म आत्मसात् गरेर नयाँ वैकल्पिक शक्ति निर्माणमा सबै मिलेर अघि बढ्नुपर्ने धारणा राख्नुभयो।’

रास्वपाका कार्यवाहक सभापति डोलप्रसाद (डिपी) अर्यालले सरकारप्रति असन्तुष्टि जनाएका थिए। सोबका अनुसार उनले भने, ‘म सरकारप्रति निकै रुष्ट छु। हाम्रो पार्टी सभापतिलाई सिंहदरबारमा बोलाएर आठ घण्टा बयान लिनु केपी ओली सरकारको शैलीभन्दा फरक छैन। जेनजी आन्दोलन दमन गर्न गोली चलाउन आदेश दिने तत्कालीन सरकारका मानिसहरू खुल्लमखुला हिँडिरहेका छन्। उनीहरूलाई केही नगर्ने अनि हाम्रो सभापतिलाई सिंहदरबार बोलाएर आठआठ घण्टा बयान लिने?’

अर्यालले नयाँ वैकल्पिक शक्तिहरूबीच सहकार्य गरेर अगाडि बढ्नुपर्नेमा जोड दिएका थिए।

तस्बिर डा.बाबुराम भट्टराईको सचिवालय


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five − 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast