राष्ट्र बैंक प्रवक्ताको जिम्मेवारी कार्यकारी निर्देशक पौडेललाई

हिमाल प्रेस २० कार्तिक २०८२ ६:४८
6
SHARES
राष्ट्र बैंक प्रवक्ताको जिम्मेवारी कार्यकारी निर्देशक पौडेललाई

काठमाडौँ- नेपाल राष्ट्र बैंकको प्रवक्ताको जिम्मेवारी कार्यकारी निर्देशक गुरुप्रसाद पौडेललाई तोकिएको छ।

पौडेललाई बुधबारदेखि लागू हुनेगरी राष्ट्र बैंकको प्रवक्ता तोकिएको हो। २०५९ सालमा सेवा प्रवेश गरेका पौडेलले बैंक तथा वित्तीय संस्था नियमन विभाग, भुक्तानी प्रणाली विभाग, विदेशी विनिमय व्यवस्थापन विभाग, बैंक सुपरीवेक्षण विभागलगायतको जिम्मेवारी सम्हालिसकेका छन्।

हाल उनी मानव संसाधन व्यवस्थापन विभागमा कार्यरत रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ।

 

प्रकाशित: २० कार्तिक २०८२ ६:४८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast