सुर्खेतको चौतारी क्याफेमा अवैध लागुऔषधको कारोबार

हिमाल प्रेस १८ कार्तिक २०८२ १७:४२
70
SHARES
सुर्खेतको चौतारी क्याफेमा अवैध लागुऔषधको कारोबार

सुर्खेत- सुर्खेतमा लागुऔषध ब्राउनसुगरसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ परेकामध्ये एक जनाले वीरेन्द्रनगरमा बिसाउने चौतारी क्याफे सञ्चालन गरिरहेको खुल्न आएको छ।

जिल्ला प्रहरी कार्यालय सुर्खेत र लागुऔषध नियन्त्रण शाखा सुर्खेतबाट खटिएको संयुक्त प्रहरी टोलीले प्राप्त गोप्य सूचनाका आधारमा कात्तिक १७ गते वीरेन्द्रनगर नगरपालिका-८ स्थित क्याफेमा छापा मारी ११ ग्राम ४ सय ७० मिलिग्राम ब्राउनसुगर बरामद गरेको हो।

प्रहरीका अनुसार सो क्रममा वीरेन्द्रनगर-५ घर भई वडा नम्बर ८ मा बस्दै आएका २८ वर्षीय हिमाल आलेलाई शंकास्पद अवस्थामा फेला पारिएको थियो। उनले सञ्चालन गरेको ‘बिसाउने चौतारी क्याफे’ होटलको शौचालयको भेन्टिलेसनमा ब्राउनसुगर लुकाएर राखिएको भेटिएको प्रहरीले जनाएको छ।

त्यसै गरी घटनासँग सम्बन्धित रहेकामा शंका लागेपछि वीरेन्द्रनगर-४ मूलपानी बस्ने २६ वर्षीय सरोज ढकाललाई समेत पक्राउ गरिएको छ। उनको शरीर खानतलासी गर्दा ०.३६ मिलिग्राम ब्राउनसुगर बरामद भएको प्रहरीले जनाएको छ।

सोही दिन वीरेन्द्रनगर नगरपालिका-१ मा खटिएको प्रहरी टोलीले ४७ वर्षीय प्रेम गुरुङलाई पनि पक्राउ गरेको छ। उनको साथबाट ३.१८० ग्राम ब्राउनसुगर बरामद गरिएको हो।

पक्राउ परेकासँगै प्रहरीले १५ ग्राम १० मिलिग्राम ब्राउनसुगर १ लाख ७१ हजार ३ सय ३० रुपैयाँ नगद, कैची दुई थान र प्लास्टिकको टुक्रा एक थान बरामद गरेको जनाएको छ। प्रहरीले पक्राउ परेकाहरूमाथि लागुऔषध नियन्त्रण ऐन, २०३३ बमोजिमको कसुरमा मुद्दा दर्ता गरी म्याद थप गरेर थप अनुसन्धान जारी रहेको जनाएको छ।

प्रकाशित: १८ कार्तिक २०८२ १७:४२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 + one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast