राप्रपा धवलपक्षको निष्कर्ष : गणतन्त्रमा नेतृत्वले झुकाव राख्दा पार्टीमा विश्वासघात भयो

हिमाल प्रेस १८ कार्तिक २०८२ १३:३६
12
SHARES
राप्रपा धवलपक्षको निष्कर्ष : गणतन्त्रमा नेतृत्वले झुकाव राख्दा पार्टीमा विश्वासघात भयो

काठमाडौँ- राप्रपा महामन्त्री धवल शमशेर राणा पक्षधरले पार्टी अध्यक्ष राजेन्द्र लिङ्देन पार्टीको निर्णयबिनै संघीय गणतन्त्र सुदृढ गर्न विपरीत विचार बोक्ने सरकारमा सामेल हुँदा पार्टीपंत्तिमा वैचारिक विश्वासघातको मार परेको निर्ष्कर्ष निकालेको छ। इतपक्षले आज बैठक बसेर नै संस्थापन पक्ष गणतन्त्रको पक्षमा उभिएको आरोप लगाएको छ।

इतपक्षले विधान विपरीत नेताहरूलाई लिङ्देनले कारबाही गरेको र फरक मतलाई निमिट्यान्न पार्न थालेको बताएको छ। इतरपक्षले महाधिवेशनको मार्गनिर्देश र नीतिबाट पार्टी चुकेको आरोप लगाएको छ। इतरपक्षको बैठकले संस्थापन पक्षले आफू अनुकूल नतिजा नआउने देखेपछि नियोजित रूपमा अधिवेशन हुन नदिएको बताएको छ।

धवलपक्षले पार्टी नेतृत्वले २०८० साल चैत्र २७ गते राप्रपाको आयोजनामा संभावनाका साथ काठमाडौंमा आरम्भ भएको विरोध प्रदर्शन नेतृत्वले सुझबुझ नराखी एकदिन मै हठात अन्त्य गरेपछि पार्टीपंक्ति एवं सुभेच्छुकहरु बिलखबन्दमा परेको बताएको छ। पार्टी नेतृत्व २०८१ चैत्र १५ गते तीनकुने २०८२ जेठ दोस्रो साताबाट भएका राजसंस्था पुनस्थापनाका आन्दोलन तुहाउने काम भएको बताएको छ।

प्रकाशित: १८ कार्तिक २०८२ १३:३६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast