काठमाडौँ– यती एयरलाइन्सको विमान दुर्घटनामा निधन भएकी लोकगायिका नीरा छन्त्यालको शोकमा राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानले सोमबार देशभरका दोहोरी साँझ बन्द गर्ने निर्णय गरेको छ।
प्रतिष्ठानको आइतबार बसेको आकस्मिक बैठकले सोमबार सबै कार्यक्रम रद्द गर्नेदेखि देशैभरका दोहोरी साँझ पनि बन्द गर्ने निर्णय गरेको जारी विज्ञप्तिमा उल्लेख छ।
प्रतिष्ठान अध्यक्ष रमेश बिजीको अध्यक्षतामा बसेको बैठकले सदस्य समेत रहेकी गायिका छन्त्यालको निधनमा केन्द्र, प्रदेश र सबै शाखामा शोक मनाउने निर्णय गरेको छ। गायिका छन्त्यालको निधनले प्रतिष्ठानलाई अपूरणीय क्षति पुगेको समेत विज्ञप्तिमा उल्लेख छ ।
प्रकाशित: २ माघ २०७९ १०:२१ | Monday, January 16, 2023
प्रतिक्रिया



