पाँचथरमा छोराद्वारा बाबुको हत्या

हिमाल प्रेस १७ कार्तिक २०८२ ११:५४ | Monday, November 3, 2025
24
SHARES
पाँचथरमा छोराद्वारा बाबुको हत्या

पाँचथर- पाँचथरको हिलिहाङ गाउँपालिकाका एक युवकले बाबुको हत्या गरेको खुलेको छ। हिलिहाङ गाउँपालिका-१ फेदापाका ६९ वर्षीय युवराज राईको कान्छा छोरा ३१ वर्षीय सन्देश राईले हत्या गरेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ।

युवराज आइतबार बिहान १०ः३० बजे घरदेखि करिब ५०० मिटर उत्तरतर्फ करेसाबारीमा मृत फेला परेका थिए। मृत युवराजको शरीरका विभिन्न भागमा चोटपटक देखिएपछि हत्याको आशंकामा प्रहरीले अनुसन्धान अघि बढाएको थियो।

प्रारम्भिक अनुसन्धानमा युवराजका कान्छा छोरा सन्देशले बाबुको हत्या गरेको खुलेको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी नायब उपरीक्षक अनिषकुमार कर्णले जानकारी दिए। प्रहरीले सन्देशलाई पक्राउ गरी थप अनुसन्धान अघि बढाएको छ।

युवराजको शव कानुनी प्रक्रिया पूरा गरी परीक्षणका लागि जिल्ला अस्पताल फिदिम ल्याइएको प्रनाउ कर्णले जानकारी दिए। घटनाबारे थप अनुसन्धान भइरहेको र हत्याको कारण खुल्न बाँकी रहेको पाँचथर प्रहरीले जनाएको छ।

प्रकाशित: १७ कार्तिक २०८२ ११:५४ | Monday, November 3, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

12 − 7 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast