आठ जिल्लाबाट अवैध लागुऔषधसहित १३ जना पक्राउ

हिमाल प्रेस १६ कार्तिक २०८२ १९:३६
8
SHARES
आठ जिल्लाबाट अवैध लागुऔषधसहित १३ जना पक्राउ

काठमाडौँ- काठमाडौँ महानगरपालिका-१६ बालाजु बाइपासबाट अवैध लागुऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब १ ग्राम २ सय ५० मिलिग्राम सहित सोही ठाउँ बस्ने २१ वर्षीय रोहन नगरकोटीलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ। प्रहरी वृत्त बालाजुबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो।

सुनसरी, इनरूवा नगरपालिका-४ बसचोकबाट अवैध लागुऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब ५ ग्राम सहित २ जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेहरूमा बराहक्षेत्र नगरपालिका-१ बस्ने ३४ वर्षीय सुशील श्रेष्ठ र २७ वर्षीय अहिम ताम्राकार रहेका छन्। जिल्ला प्रहरी कार्यालय सुनसरी समेतबाट खटिएको प्रहरीले लौकहीबाट इनरूवातर्फ आउँदै गरेको को ३ प ६६२३ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो।

झापा, मेचीनगर नगरपालिका-६ काँकरभिट्टाबाट अवैध लागुऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ३ सय ९० मिलिग्राम सहित सोही ठाउँ डेरा गरी बस्ने मकवानपुर हेटौंडा उपमहानगरपालिका-२ घर भएका ३३ वर्षीय हिमाल मगरलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ। लागुऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरीले उनको कोठा तलासी गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो।

कैलाली, टीकापुर नगरपालिका-९ बाट अवैध लागुऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ४ ग्राम ९ सय ७० मिलिग्राम सहित २ जनालाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा जानकी गाउँपालिका-९ अमरावती बस्ने २२ वर्षीय टेक बहादुर साउँद र २५ वर्षीय रमेश टमाटा रहेका छन्। प्रहरी चौकी कालाकुण्डबाट खटिएको प्रहरीले बा ७५ प८९२९ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो।

यसै गरी कैलाली, टीकापुर नगरपालिका-२ रानीकुलाबाट अवैध लागुऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ सय ४० मिलिग्राम सहित सोही नगरपालिका-२ सीतापुर बस्ने २१ वर्षीय राज विकलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ। इलाका प्रहरी कार्यालय टीकापुरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो।

पर्सा, वीरगंज महानगरपालिका-१६ रजत जयन्ती चोकबाट अवैध लागुऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ६ सय मिलिग्राम सहित बारा जीतपुरसिमरा उपमहानगरपालिका-७ राम टोल बस्ने २२ वर्षीय सुमित कुमार गुप्तालाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ। प्रहरी चौकी इनार्वाबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो।

पर्साकै सखुवा प्रसौनि गाउँपालिका-६ लखनपुर चोकबाट अवैध लागुऔषध गाँजा जस्तो देखिने पदार्थ १० किलोग्राम सहित पटेर्वा सुगौली गाउँपालिका-४ निचुटा बस्ने ४५ वर्षीय अब्दुला अन्सारीलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ। इलाका प्रहरी कार्यालय पोखरिया समेतबाट खटिएको प्रहरीले उनले बोकेको ग्याँस सिलिण्डरभित्र लुकाइछिपाई राखेको अवस्थामा उक्त पदार्थ फेला पारी उनलाई पक्राउ गरेको हो।

कञ्चनपुर, भीमदत्त नगरपालिका-९ झिल्मिलाबाट अवैध लागुऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २ सय २० मिलिग्राम सहित कैलाली गौरीगंगा नगरपालिका-१ चौमाला बस्ने ३६ वर्षीया लक्ष्मी देवी बिष्टलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ। इलाका प्रहरी कार्यालय ब्रहमदेबबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो।

मोरङ, विराटनगर महानगरपालिका-१५ बाट अवैध लागुऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब १ सय १० मिलिग्राम सहित भारत बिहार अररिया बस्ने ३६ वर्षीय मोहम्मद साहिदलाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ। इलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो।

बाँके नेपालगन्ज उपमहानगरपालिका-१५ जमुनाहबाट नियन्त्रित लागुऔषध नाइट्राजेपाम १ सय २० ट्याब्लेट र ट्रामाडोल ५ सय ५ ट्याब्लेट सहित २ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा दाङ तुलसीपुर उपमहानगरपालिका-१८ बस्ने २० वर्षीय बिजय विक र २१ वर्षीय अर्जुन विक रहेका छन्। लागुऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय नेपालगन्ज र इलाका प्रहरी कार्यालय जमुनाहबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागुऔषध सहित पक्राउ गरेको हो।

यस सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित: १६ कार्तिक २०८२ १९:३६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four − three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast