नेपाल वायु सेवा निगमका करार कर्मचारीलाई हटाउन प्रधानमन्त्रीको निर्देशन

हिमाल प्रेस १६ कार्तिक २०८२ १८:४१ | Sunday, November 2, 2025
28
SHARES
नेपाल वायु सेवा निगमका करार कर्मचारीलाई हटाउन प्रधानमन्त्रीको निर्देशन प्रधानमन्त्री सुशीला कार्की/फाइल तस्बिर

काठमाडौँ- प्रधानमन्त्री सुशीला कार्कीले नेपाल वायु सेवा निगममा पहुँचका आधारमा भर्ती गरिएका करारका कर्मचारीलाई तत्काल हटाउन निर्देशन दिएकी छन्।

पर्यटनमन्त्रीका हैसियतमा प्रधानमन्त्री कार्कीले आइतबार निगमको सञ्चालक समिति र व्यवस्थापनका अधिकारीहरूलाई सिंहदरबारमा बोलाएर यस्तो निर्देशन दिएकी हुन्।

कुनै समय गौरव गर्न लायक बनेको संस्था अहिले दर्दनाक अवस्थामा पुगेको भन्दै निगमभित्रका बेथिति हटाउन कसैको मुख नहेरी कठोर रूपमा लाग्न पनि उनले निर्देशन दिइन्।

प्रधानमन्त्री कार्कीले अहिलेसम्म निगम सुधारका लागि बनेका प्रतिवेदनहरू सुझाव कार्यान्वयन गर्न योजनासाथ अघि बढ्नुपर्नेमा जोड दिइन्। उनले कतैबाट आउने अनुचित र गैरकानुनी दबाब नसुन्न पनि सुझाव दिइन्।

निगमको आफ्नो जहाजको इन्जिन मर्मत गर्न पठाएर नल्याउने, भाडाको इन्जिन चलाएर ठूलो खर्च लेख्ने प्रवृत्तिमाथि पनि उनले प्रश्न उठाइन्।

कार्यक्रममा निगमका निमित्त महाप्रबन्धक जनकराज कालाखेतीले १७ अर्ब रुपैयाँभन्दा बढीको सञ्चित नोक्सानीमा रहेको विवरण प्रस्तुत गरेका थिए।

प्रकाशित: १६ कार्तिक २०८२ १८:४१ | Sunday, November 2, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast