काठमाडौँ- फिलम ‘हर्ष’ को पोस्टर सार्वजनिक भएको छ। सार्वजनिक पोस्टरमा फिल्मका मुख्य तीन पात्र खगेन्द्र लामिछाने, वर्षा राउत र बालकलाकार साइमन वादीको खुसी व्यक्त गरिएको छ।
पारिवारिक कथामा बनेको फिल्मकी लेखक तथा निर्देशक एकता पौडेल हुन्। यो उनको डेब्यु फिल्म हो।
खगेन्द्र, वर्षा र साइमनसहित फिल्ममा नीर शाह, सन्तोष पन्त, शर्मिला मल्ल, माओत्से गुरुङ, विशाल पहाडी, निमा पाण्डे, लुनिभा तुलाधर, अंशु महर्जन, रेनु प्रधान, सुवर्ण थापा, सृष्टि महर्जन, सिर्जना नापितको अभिनय छ।
फिल्मका निर्माता प्रशन्न पौडेल र विकास पौडेल हुन्। फिल्म आगामी मंसिर १२ मा प्रदर्शन हुनेछ।
प्रकाशित: १६ कार्तिक २०८२ १७:४३
प्रतिक्रिया



