कीर्तिमानी मूल्यमा स्थिर छ डलर

हिमाल प्रेस १६ कार्तिक २०८२ ६:५२ | Sunday, November 2, 2025
12
SHARES
कीर्तिमानी मूल्यमा स्थिर छ डलर

काठमाडौँ- नेपाल राष्ट्र बैंकले आज (आइतबार) का लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ।

आज अमेरिकी डलरको मूल्य आजसम्मकै उच्च मूल्यमा स्थिर रहँदा अस्ट्रेलियन डलर, युरो, पाउन्ड, दिनारसहित सबैजसो विदेशी मुद्राको मूल्य घटबढ् भएको छैन।

आज अमेरिकी डलर १ को खरिदर १४१ रुपैयाँ ७३ पैसा र बिक्रीदर १४२ रुपैयाँ ३३ पैसा छ।

हिजो हालसम्मकै सबैभन्दा महँगो बनेको अमेरिकी डलरको मूल्य आज स्थिर छ। हिजो पनि अमेरिकी डलरको विनिमयदर यही थियो। आज युरो १ को खरिदर १६४ रुपैयाँ र बिक्रीदर १६४ रुपैयाँ ६९ पैसा छ।

आज पाउन्ड स्ट्रलिङ १ को खरिदर १८६ रुपैयाँ १९ पैसा र बिक्रीदर १८६ रुपैयाँ ९८ पैसा छ। आज अस्ट्रेलियन डलर १ को खरिदर ९२ रुपैयाँ ७२ पैसा र बिक्रीदर ९३ रुपैयाँ १४ पैसा छ।

आज कुबेती दिनार १ को खरिदर ४६१ रुपैयाँ ८३ पैसा र बिक्रीदर ४६३ रुपैयाँ ७८ पैसा छ। आज बहराइन दिनार १ को खरिदर ३७५ रुपैयाँ ९७ पैसा र बिक्रीदर ३७७ रुपैयाँ ५६ पैसा छ।

प्रकाशित: १६ कार्तिक २०८२ ६:५२ | Sunday, November 2, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one + 6 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast