प्रधानमन्त्री कार्कीले आह्वान गरिन् मुख्यमन्त्रीहरूसँगको बैठक

हिमाल प्रेस १५ कार्तिक २०८२ २०:०१ | Saturday, November 1, 2025
24
SHARES
प्रधानमन्त्री कार्कीले आह्वान गरिन् मुख्यमन्त्रीहरूसँगको बैठक प्रधानमन्त्री सुशीला कार्की/फाइल तस्बिर

काठमाडौँ- प्रधानमन्त्री सुशीला कार्कीले प्रदेशका मुख्यमन्त्रीहरूको बैठक आह्वान गरेकी छन्। आइतबार दिउँसो ४ बजे बस्ने गरी प्रधामन्त्री कार्कीले सातै प्रदेशका मुख्यमन्त्रीहरूको बैठक बोलाएकी हुन्।

बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने उनको सचिवालयले जनाएको छ।

बैठकमा कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतबहादुर कार्की, मधेश प्रदेशका मुख्यमन्त्री जितेन्द्र सोनल, बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँ, गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे, लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य, कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेल र सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहको उपस्थिति रहने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

संघ र प्रदेश सरकारबीच संवाद गरेर सहकार्यलाई थप सघन बनाउने उद्देश्यले प्रधानमन्त्रीले बैठक आह्वान गरेको उनको सचिवालयको भनाइ छ।

प्रकाशित: १५ कार्तिक २०८२ २०:०१ | Saturday, November 1, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

12 − 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast