एकीकृत समाजवादीसँग एक साताभित्र एकता हुन्छ : प्रचण्ड

हिमाल प्रेस १५ कार्तिक २०८२ १८:३९ | Saturday, November 1, 2025
12
SHARES
एकीकृत समाजवादीसँग एक साताभित्र एकता हुन्छ : प्रचण्ड

काठमाडौँ- नेकपा माओवादी केन्द्रका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले एकसाताभित्र नेकपा एकीकृत समाजवादीसँग एकता हुने बताएका छन्।

शनिबार पार्टी कार्यालय पेरिसडाँडामा बसेको माओवादी महाधिवेशन आयोजन समिति सचिवालय बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै प्रचण्डले यस्तो जानकारी दिएका हुन्।

उनले एकताका विषयमा जनार्दन शर्माको असहमति भए पनि केन्द्रीय कमिटी बैठकसम्म पुग्दा सबै कुरा मिल्ने दाबी गरे। बैठक सहज रुपमा सुरु हुँदा आफ्नो धारणा राखेर बाहिरिने शर्माको शैली राम्रो नभएको प्रचण्डले बताए।

उनले पार्टी नेतृत्वविरुद्ध शर्माले लगाएको आरोप अराजक भएको टिप्पणी गरे।

प्रकाशित: १५ कार्तिक २०८२ १८:३९ | Saturday, November 1, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast