फाइल तस्बिर
काठमाडौँ– नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री मोहम्मद आफ्ताब आलमको स्वास्थ्यमा गम्भीर समस्या देखिएपछि अस्पतालको सघन कक्ष (आईसीयू) मा राखेर उपचार भइरहेको छ।
मिर्गौलामा संक्रमण देखिएपछि सिनामंगलस्थित काठमाडौँ मेडिकल कलेज शिक्षण अस्पतालको आईसीयूमा उपचार भइरहेको जनाइएको छ।
उनी लामो समयदेखि मिर्गौलाको डायलाइसिसमा थिए।
विगतमा रौटहतबाट प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने उनले केही समय वन तथा वातावरण र श्रम तथा रोजगार मन्त्रीको जिम्मेवारी सम्हालेका थिए।
रौतहट हत्याकाण्डमा रौतहट जिल्ला अदालतबाट जन्मकैदको सजाय पाएका उनी उच्च अदालत जनकपुरको वीरगञ्ज इजलासले सफाइ दिएपछि गत जेठ १४ गते रिहा भएका थिए।
प्रकाशित: १५ कार्तिक २०८२ १७:२९
प्रतिक्रिया



