बर्सातले खेतमै सड्न थाल्यो धान

हिमाल प्रेस १४ कार्तिक २०८२ १४:५७ | Friday, October 31, 2025
18
SHARES
बर्सातले खेतमै सड्न थाल्यो धान

भोजपुर- निरन्तरको वर्षाले भोजपुरका किसानको वर्षभरको मेहनत र पसिनामा क्षति पुर्‍याएको छ। थन्काउनका लागि काटिएको धान खेतमा नै कुहिन थालेपछि किसान आर्थिक तथा मानसिक दुवै संकटमा परेका हुन्। नकाटिएको धान पनि लडेका कारण किसान थप चिन्तामा परेका छन्।

बर्सातले किसानलाई धेरै ठूलो क्षति पुर्‍याएको पौवादुङ-२ का किसान राजन ढकालले बताए। धान थन्काउने मुख्य याममा भएको निरन्तरको बर्सातले किसान समस्यामा परेको उनको भनाइ छ।

‘धान थन्काउने मुख्य सिजनमा लगातार वर्षा भइरहेको छ,’ उनले भने, ‘बिटा लगाउन काटेको धान आलीमै कुहिन थालेको छ। नकाटिएको धान पनि लडेर सखाप भएको छ। यस्तै स्थिति रह्यो भने परिवार पाल्न गाह्रो पर्ने अवस्था छ।’

ढकालका अनुसार बर्सातले धान मात्र होइन, पशुचौपायाका लागि राखिने पराल पनि बिग्रँदै गएको छ।

किसानको वर्षभरिको मेहनत बर्सातले सखाप पारिदिएको स्थानीय किसान रुपनारायण फुयाँलले बताए। थन्काउने अवस्थामा रहेको धानमा क्षति पुगेपछि किसानले ठूलो पीडा भोग्नु परेको उनको भनाइ  छ।

‘हामीले वर्षभरको पसिना पोख्यौँ,’ उनले भने, ‘तर असामयिक वर्षाले केही दिनमै सबै बर्बाद गरिदियो। खेतमै धान सड्न थालेको छ। उत्पादन र गुणस्तर दुवैमा क्षति पुग्दैछ।’

लगातारको वर्षा, चिस्यान र घाम नलाग्दा धान सुकाउन सकिने अवस्था नरहेको किसानको भनाइ छ। रासस

प्रकाशित: १४ कार्तिक २०८२ १४:५७ | Friday, October 31, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast