सहरमा आजः  हरर फिल्म फेस्टसहित मण्डलामा ‘खमारी’ र हलमा नेपाली र विदेशी फिल्म

सुस्मिता बजगाईं १५ कार्तिक २०८२ ७:४८
50
SHARES
सहरमा आजः  हरर फिल्म फेस्टसहित मण्डलामा ‘खमारी’ र हलमा नेपाली र विदेशी फिल्म

काठमाडौँ- कात्तिकको तेस्रो शनिबार। सधैँझैँ केही समय यता हामीले साताको प्रत्येक शनिबार उपत्यकामा हुने र भइरहेका मनोरञ्जनात्मक गतिविधिहरूको विवरण संकलन गरेका छौँ। जो उपत्यकामै हुनुहुन्छ, उहाँहरूको लागि बिदाको दिन सदुपयोग गर्दै केही सिक्ने र बुझ्ने मौका मिल्न सक्छ।

समग्रमा यो साता थिएटरमा एक नाटक मञ्चन भइरहेको छ। रसियन हाउसमा काठमाडौँ हरर फिल्म फेस्ट पनि चलिरहेकाे छ। त्यस्तै हलमा नयाँ नेपाली फिल्म ‘परान’, र दक्षिण भारतीय फिल्म ‘बाहुबलीः द एपिक’ प्रदर्शन भइरहेको छ। साथै हलमा अन्य नेपाली, हिन्दी फिल्म पनि चलिरहेको छ।

हेरौं, यो साता कहाँ के के हुँदैछ

रसियन हाउसमा काठमाडौँ हरर फिल्म फेस्ट-२०२५

कमलपोखरीस्थित रसियन हाउसमा काठमाडौँ हरर फिल्म फेस्ट-२०२५ चलिरहेको छ। कात्तिक १४ देखि सुरु भएको फेस्टिभल भोलिसम्म चल्नेछ। फेस्टिभलमा नेपाल फिल्म एण्ड कल्चर एकेडेमीको आयोजनामा र रसियन हाउस तथा रुसको राजदूतावासको सहकार्य छ। फेस्टिभलमा १५ देशका २५ फिल्म प्रदर्शन हुने छ। जसमा लोककथा, मिथक तथा विभिन्न हरर र रहस्यका विषयवस्तुमा आधारित फिल्म छ।

मण्डलामा पुनः मञ्चनरत नाटक ‘खमारीः मौन संवाद’
थापागाउँस्थित मण्डला थिएटरमा नाटक ‘खमारीः मौन संवाद’ पुनः मञ्चन भइरहेको छ। गत भदौ २३ र २४ मा भएको जेनजी आन्दोलनका कारण स्थगित भएको नाटकलाई निर्माण टिमले यही कात्तिक १३ देखि पुनः मञ्चन गरिरहेका छन्।

कात्तिक २० सम्म मञ्चन हुने नाटक नाटक मणि के राईको परिकल्पना र निर्देशनमा बनेको हो। नाटकमा प्रकृति र मानव सभ्यताको कथालाई शारीरिक अभिव्यक्ति र नृत्यको माध्यमबाट प्रस्तुत गरिएको छ। जसमा एक बालकको रूखप्रतिको प्रेम र उसले खमारीको बिरुवा हुर्काउन गरिएको संघर्ष देखाइएको छ।

नाटकमा प्रिया लम्जेल, आरुशी राई, मुस्कान राउत, प्रेम चन्द पाण्डेय, युगल श्रेष्ठ, सोनिया राई, डिलेन्द्र राई, देविका राई, ममता साम्पाङ्ग राई, शक्ति राई, रेनुका घर्ती मगर, रञ्जना नेपाली र सौजन सेनेहाङको अभिनय छ। जयराम ढकाल निर्माता रहेको नाटक एक थिएटर नेपालको प्रस्तुतिमा बनेको छ।

हलमा कुनकुन फिल्म?
परान
दीपकप्रसाद आचार्य ‘काकु’को निर्देशनमा बनेको फिल्म ‘परान’ यही कात्तिक १४ देखि हलमा प्रदर्शन भइरहेको छ। फिल्मको मुख्य भूमिकामा छन् नीर शाह। पारिवारिक कथामा बनेको फिल्मले सन्तानकै काखमा प्राण त्याग्न चाहाने बाआमाको कथा भनेको छ। फिल्ममा सहायक कलाकारमा बुद्धि तामाङ, महेश त्रिपाठी, पूजा चन्द, केकी अधिकारी, अञ्जना बराइली, प्रविण खतिवडा, बाल कलाकार आर्यदीप आचार्यलगायत कलाकारको अभिनय छ।

क्युएफएक्स सिनेमाअन्तर्गत शनिबार उपत्यकाको राइजिङ मल, भाटभटेनी भक्तपुर, छाया सेन्टर, सिभिल मल, लबिम मल, सिटी स्क्वायर मलमा फिल्मको १३ सो छ। वान सिनेमाज अन्तर्गत आइप्लेक्स मल र कालीमाटी ट्रेड सेन्टर, आइएनआई सिनेमा अन्तर्गत लोत्से मल, विश्वज्योति मल र एनबी सेन्टर, बिग मुभिज, एफक्युब सिनेमाज, रञ्जना सिनेप्लेक्स, बिएसआर मुभिज, कीर्तिपुर सिनेप्लेक्स फिल्म ‘परान’ चलिरहेको अन्य हल हुन्।

वरिष्ठ बलराम

कात्तिक ६ देखि फिल्म ‘वरिष्ठ बलराम’ हलमा प्रदर्शन भइरहेको छ। फिल्म समाजभित्रको शक्ति र संघर्षको कथामा आधारित छ। फिल्ममा वरिष्ठ र बलराम दुई पात्रबीचको टकराव प्रस्तुत गरिएको छ। फिल्ममा आफ्नो इज्जत र प्रतिष्ठा बचाउन खोज्ने एक स्थापित व्यक्ति र आफूलाई स्थापित गर्न खोज्ने उदाउँदो व्यक्तिबीचको द्वन्द्व देखाइएको छ।
फिल्ममा दयाहाङ राई, विजय बराल, समृद्धि अर्याल, माओत्से गुरुङ, पशुपति राई, भोलाराज सापकोटा, रामबाबु रेग्मी, प्रदीपकुमार चौधरी (पीके) लगायत कलाकारको अभिनय छ। फिल्मका निर्देशन सुरेन्द्र पौडेल हुन्।

क्युएफएक्स सिनेमाअन्तर्गत शनिबार उपत्यकाको भाटभटेनी भक्तपुर, छाया सेन्टर, सिभिल मल, लबिम मल र सिटी स्क्वायर मलमा फिल्मको सो छ। आइएनआई सिनेमा अन्तर्गत लोत्से मल, विश्वज्योति मल र एनबी सेन्टर, वान सिनेमाज अन्तर्गत आइप्लेक्स मल र कालीमाटी ट्रेड सेन्टर, एफक्युब सिनेमाज, बिएसआर मुभिज, बिग मुभिज, कीर्तिपुर सिनेप्लेक्स र अष्टनारायण हलमा फिल्म चलिरहेको छ।

मैझारो
कात्तिक ७ देखि हलमा फिल्म ‘मैझारो’ प्रदर्शनरत छ। फिल्म हास्यकलाकार विल्सनविक्रम राईको निर्देशनमा बनेको हो। यही फिल्मबाट उनले निर्देशनमा डेब्यु गरेका हुन्। प्रेमकथामा आधारित फिल्ममा एक युवकको बाल्ययकालीन प्रेम र भविष्यको अनिश्चितताबीच द्वन्द्व देखाउन खोजिएको छ। फिल्ममा धीरज मगर, मिरुना मगर, दयाहाङ राई, दीया पुन, बुद्धि तामाङ, सुनील थापा, पुष्कर गुरुङ, अभयराज बराल, माओत्से गुरूङ, कविता आलेलगायत कलाकारको अभिनय छ।
क्युएफएक्स सिनेमाअन्तर्गत शनिबार उपत्यकाको सिभिल मल, लबिम मल, आइएनआई सिनेमा अन्तर्गत लोत्से मल, वान सिनेमाज अन्तर्गत आइप्लेक्स मल, एफक्युब सिनेमाज, बिएसआर मुभिज, अष्टनारायण हलमा फिल्मको सो छ।

जेरी अन टप
असोज ३१ देखि हलमा नेपाली फिल्म ‘जेरी अन टप’ प्रदर्शन भइरहेको छ। फिल्ममा प्रेम कथासहित हिमाल आरोहण गर्नेको कथा समेटिएको छ। फिल्ममा अनमोल केसी, जसिता गुरुङ र आँचल शर्मा मुख्य भूमिकामा छन्। फिल्मका निर्देशक सुयोग गुरुङ हुन्।

क्युएफएक्स सिनेमाअन्तर्गत शनिबार उपत्यकाको राइजिङ मल, सिटी स्क्वायर मल, छाया सेन्टर, लबिम मल, सिभिल मल, भाटभटेनी भक्तपुर र दरबार सिनेम्याक्समा फिल्मको २३ सो छ। वान सिनेमाज अन्तर्गत आइप्लेक्स मल र कालीमाटी ट्रेड सेन्टर, आइएनआई सिनेमा अन्तर्गत लोत्से मल, विश्वज्योति मल र एनबी सेन्टर, बिग मुभिज, बिएसआर मुभिज, एफक्युब सिनेमाज, रञ्जना सिनेप्लेक्स, कीर्तिपुर सिनेप्लेक्स, अष्टनारायण हलमा फिल्म ‘जेरी अन टप’ चलिरहेको छ।

बाहुबली: द एपिक
दक्षिण भारतीय फिल्म ‘बाहुबलीः द एपिक’ कात्तिक १४ देखि नेपालमा प्रदर्शन भइरहेको छ। फिल्मका निर्देशक एसएस राजामौली हुन्। यो फिल्म बाहुबलीको पहिलो र दोस्रो संस्करणको पुनः प्रदर्शन हो। फिल्ममा तमन्ना भाटिया मुख्य भूमिकामा छन्।

क्युएफएक्स सिनेमाअन्तर्गत शनिबार उपत्यकाको राइजिङ मल, भाटभटेनी भक्तपुर, छाया सेन्टर, सिभिल मल, लबिम मल र सिटी स्क्वायर मलमा फिल्मको २२ सो छ। वान सिनेमाज अन्तर्गत आइप्लेक्स मल र कालीमाटी ट्रेड सेन्टर, आइएनआई सिनेमा अन्तर्गत लोत्से मल, विश्वज्योति मल र एनबी सेन्टर, बिग मुभिज, एफक्युब सिनेमाज, रञ्जना सिनेप्लेक्स, बिएसआर मुभिज, कीर्तिपुर सिनेप्लेक्स फिल्म ‘बाहुबली द एपिक’ चलिरहेको अन्य हल हुन्।

थामा

क्युएफएक्स सिनेमाअन्तर्गत शनिबार उपत्यकाको राइजिङ मल, भाटभटेनी भक्तपुर, छाया सेन्टर, सिभिल मल, दरबार सिनेम्याक्स, लबिम मल, सिटी स्क्वायर मलमा फिल्मको ९ सो छ। वान सिनेमाज अन्तर्गत आइप्लेक्स मल, आइएनआई सिनेमा अन्तर्गत एनबी सेन्टर, एफक्युब सिनेमाज, बिग मुभिज, रञ्जना सिनेप्लेक्स, अष्टनारायण हल, फिल्म ‘थामा’ चलिरहेको अन्य हल हुन्।

एक दिवानाकी दिवानीया
बलिउड फिल्म ‘एक दिवानेकी एक दिवानीया’ नेपालमा प्रदर्शन भइरहेको छ। रोमान्टिक जनरामा बनेको फिल्मका निर्देशक मिलाप जावेरी हुन्। फिल्ममा हर्षवर्धन राणे, सोनम बाजवालगायत कलाकारको अभिनय छ।

क्युएफएक्स सिनेमाअन्तर्गत शनिबार उपत्यकाको राइजिङ मल, बिग मुभिज, रञ्जना सिनेप्लेक्समा फिल्मको सो छ।

चैनस म्यान

जापानीज फिल्म ‘चेनस म्यान’ नेपालमा प्रदर्शन भइरहेको छ। एनिमी जनरामा बनेको फिल्मका निर्देशक तात्सुया होसिहारा हुन्। फिल्ममा किकुनोसुके टोया, रीना उडा, फेरोज ऐ, तोमोरी कुसुनोकीलगायत कलाकारको अभिनय छ।
क्युएफएक्स सिनेमाअन्तर्गत शनिबार उपत्यकाको राइजिङ मल, छाया सेन्टर, सिटी स्क्वायर मल, लबिम मलमा फिल्मको सोे छ।

कान्ताराः अ लेजेन्ड च्याप्टर वान

बलिउड फिल्म ‘कान्ताराः अ लेजेन्ड च्याप्टर वान’ असोज १६ देखि नेपालमा प्रदर्शन भइरहेको छ। फिल्मका लेखक तथा निर्देशक ऋषभ शेट्टी हुन्। उनकै मुख्य भूमिका रहेको फिल्मको कथा पाँच हजार वर्षभन्दा पुरानो किंवदन्तीहरूमा आधारित छ। यो फिल्म सन् २०२२ मा प्रदर्शन भएको ‘कान्तारा’ प्रिक्वेल हो। फिल्ममा निर्देशक शेट्टीसहित सप्तमी गौडा, श्रीराम रेड्डी, पोलासने, रुक्मिणी वसन्त, जयराम, गुलसन देवैयालगायत कलाकारको अभिनय छ।

क्युएफएक्स सिनेमाअन्तर्गत शनिबार उपत्यकाको राइजिङ मल, भाटभटेनी भक्तपुर, छाया सेन्टर, सिभिल मल, सिटी स्क्वायर मल, दरबार सिनेम्याक्स र लबिम मलमा फिल्मको सो छ। त्यस्तै, एफक्युब सिनेमाज, रञ्जना सिनेप्लेक्स, बिग मुभिजमा फिल्म चलिरहेको छ।

प्रकाशित: १५ कार्तिक २०८२ ७:४८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 − fourteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast