तोलामा २७ सयले बढ्यो सुनको मूल्य

हिमाल प्रेस १४ कार्तिक २०८२ ११:१० | Friday, October 31, 2025
36
SHARES
तोलामा २७ सयले बढ्यो सुनको मूल्य

काठमाडौँ- नेपाली बजारमा शुक्रबार सुनको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिनको तुलनामा आज सुन प्रतितोला २ हजार ७ सय रुपैयाँले बढेर २ लाख ३९ हजार रुपैयाँ पुगेको छ।

अघिल्लो दिन सुनको मूल्य प्रतितोला २ लाख ३६ हजार ३ सय रुपैयाँ निर्धारण गरिएको थियो। त्यस्तै, चाँदीको मूल्य पनि प्रतितोला ८० रुपैयाँले वृद्धि भएको छ। अघिल्लो दिन २ हजार ९८० रुपैयाँमा कारोबार भइरहेको चाँदी आज बढेर ३ हजार ६० रुपैयाँ पुगेको महासंघले जनाएको छ।

अन्तर्राष्ट्रिय बजारमा अघिल्लो दिन मूल्य वृद्धि भएपछि त्यसको सीधा प्रभाव नेपाली बजारमा परेको हो। अमेरिकी केन्द्रीय बैंकले हालै कोषको ब्याजदर ०.२५ प्रतिशतले घटाएको निर्णय पनि सुनचाँदीको मूल्य वृद्धिको प्रमुख कारणमध्ये एक बनेको छ।

ब्याजदर घटेपछि लगानीकर्ताहरू सुनतर्फ आकर्षित हुने भएकाले मूल्य बढ्ने गरेको सुनचाँदी व्यवसायी बताउँछन्।

प्रकाशित: १४ कार्तिक २०८२ ११:१० | Friday, October 31, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast